समानुपातिकमा पनि अग्रता बढाउँदै एमाले

In राजनीति
२६ मंसिर २०७४, मंगलवार १०:३९

मंसिर २६, २०७४-प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेसभन्दा फराकिलो जीत निकालेको एमालेले समानुपातिकमा पनि अग्रता बढाउँदै लगेको छ । उसले झण्डै एक लाख मतले अग्रता लिएको छ ।

 समानुपातिकमा झण्डै ३० लाख मतगणना हुँदा एमालेले १० लाख ७२ हजार ५ सय ५७ मतसहित अग्रता लिएको छ । कांग्रेसले ९ लाख ९९ सय हजार २ सय ४५ मत पाएको छ ।

माओवादी केन्द्रले ४ लाख ४० हजार २ सय ८२ मत पाएको छ भने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालले ७६ हजार १ सय ६२ मत पाएको छ ।

फोरम नेपालपछि विवेकशील साझा पार्टी, राप्रपा, राजपा नेपाल, नयाँ शक्ति पार्टी, राजमो र राप्रपा प्रजातान्त्रिक रहेका छन् ।

http://bit.ly/2AOHgvD