धनगढी । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी कांग्रेस नेतृ आरजु देउवा राणाले आफूलाई पराजित गर्ने एमाले सांसद नारदमुनी रानालाई मन्त्री बनाउन आफूले पहल गर्ने बचन दिएकी छन् । ५ हजार भन्दा बढि मतान्तरमा नारदमुनीसँग कैलाली ५ मा पराजित भएकी राणाले क्षेत्रको विकास लागि नारदमुनी मन्त्री बन्नुपर्ने त्यसको पहल आफुले गर्ने बताएकी हुन् । चुनावमा पराजय भोगेपछि धनगढीमा किनिएको भनिएको नयाँ निवासमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई मतदान गर्ने सबैलाई धन्यावाद दिइन् । राणाले नादरमुनी रानाले आफूलाई पराजित गरेपनि यो क्षेत्रको विकासका लागि उनलाई मन्त्री बनाउन आफूले माथि पहल गर्ने बताइन् ।
राणाले आफ्नो पराजयमा जातीय र भेगीय नाराले पनि काम गरेको र कांग्रेसभित्रको असन्तुष्टि पनि कारण बनेको गुनासो गरिन् । यसअघि शेरवहादुर देउवाले जितेको सो क्षेत्रमा उपचुनाव जितेका पुष्कर ओझानै आफुलाई हराउन भूमिका खेलेको उनले आरोप लागिरहेको छ । राणाले आफूमाथि क–कसले अन्तरघात गरे भन्ने खुलाउन चाहिनन् । बरु चुनाव हारे पनि यहि क्षेत्रबाट भविष्यमा राजनीतिक गर्ने बताइन् ।