सपना साकार पार्न राम्रो नीति र व्यवहारका साथ अघि बढ्छाैं :ओली

In राजनीति
२५ मंसिर २०७४, सोमबार १२:५८

विराटनगर, मंसिर २५ – एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्षौंदेखिका सपना साकार पार्ने बेला आएको बताउनुभएको छ ।

काठमाडाैंबाट झापा जाने क्रममा विराटनगर विमानस्थलमा उहाँले ताजा जनादेशपछि वर्षौंदेखिका सपना साकार पार्ने अवस्था आएको बताउनुभएको हो ।

नयाँ परिणाममार्फत नेपाली नागरिकले वाम दललाई ठूलो भरोसा गरेको स्पष्ट भएकाले त्यो भरोसालाई यथार्थमा बदल्न सही नीति र सही व्यवहारका साथ अघि बढ्ने उहाँको भनाई छ ।

कांग्रेस लामो इतिहास बोकेको दल भएको र परिवर्तन ल्याउन कांग्रेसका नेताहरुसँग मिलेर अघि बढेको स्मरण गर्दै अध्यक्ष ओलीले कांग्रेससँग पनि मिलेर अघि बढ्ने बताउनुभयो ।

विपक्षीको सम्मान गर्नु लोकतन्त्रको मूल मर्म भएकाले त्यसै अनुसार अघि बढ्ने उहाँले बताउनुभयो । माओवादी र एमालेको एकताको कुरा पनि अब अघि बढ्ने ओलीको भनाई छ