578 views 0 secs 0 comments

नयाँ शक्तिका उम्मेदवार लक्षित बम प्रहार

In देश, राजनीति, समाज
१६ मंसिर २०७४, शनिबार १२:१५

तौलिहवा : कपिलवस्तुमा नयाँ शक्ति पार्टी नेपालका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार लक्षित गरी बम प्रहार भएको छ। प्रतिनिधिसभा ३ का उम्मेदवार इलियास मुसलमान चडेको गाडिमाथि अज्ञात समूहले रिमोट बम प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

जिल्लाको शिवराज नगरपालिका ९ भगवानपुरमा चुनावी प्रचारमा जाँदै गरेको अवस्थामा उम्मेदवार मुसलमान सवार एमएच ४३ ए ८३०० नम्बरको भारतीय जिपमाथि बम प्रहार भएको थियो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार उम्मेदवार चडेको गाडीलाई सामान्य क्षति पुगे पनि मानवीय क्षति भने भएको छैन्।

बम प्रहार भएको स्थानमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको प्रभाव क्षेत्र हो।घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक प्रल्हाद अधिकारीले जानकारी दिए।

केही दिनअघि वाणगंगा नगरपालिका ११ ओदारी बजार नजिकै सुतली बम डिस्पोज गरिएको थियो।