
काठमाडौं । भारतीय गायक अरिजित सिंहको ‘सफल र भव्य’ भनिएको काठमाडौं कन्सर्टपछि नेपाली संगीतवृत्तमा बहस उठेको छ । नाम चलेका नेपाली गायक-गायिकाले सामाजिक सञ्जालमार्फत अरिजित सिंहको कन्सर्ट लक्षित टिप्पणी राखिरहेका छन् ।
बहसको केन्द्रमा सोधिएको प्रश्न छ- आखिर नेपाली कन्सर्ट चाहिं यसरी भव्य र सफल किन हुँदैनन् ?