21 views 0 secs 0 comments

सेन्सर बोर्डलाई बालेनको पत्र : स्वाधीनतामा आँच आउने फिल्ममा रोक लगाउन आग्रह

In समाज
६ मंसिर २०८०, बुधबार १५:२८

६ मंसिर,काठमाडौं।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेपालको मौलिकता, धर्म, संस्कृति, स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउनेसहितका चारबुँदे सुझावसहित फिल्म सेन्सर बोर्डलाई पत्र लेखेका छन् ।

केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्षलाई पठाइएको पत्रमा पञ्चशील सिद्धान्त, शान्ति प्रवर्द्धन, एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो चलचित्र बनाएको प्रसारणमा रोक लगाउन पनि आग्रह गरिएको छ ।

कुनै पनि जातजाति, वर्ण, समुदाय, लिंग तथा शारीरिक, मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिको स्वाभिमानमा आँच आउने दृश्य तथा संवाद (हेट स्पिच)मा रोक लगाउने समेत उनले माग राखेका छन् ।