इलाममा ४० जना यात्रु सवार बस दुर्घटना

In दुर्घटना
३ मंसिर २०८०, आईतवार १८:०८

३ मंसिर, काठमाडौँ।

इलामको रोङ गाउँपालिकाको किटानी भन्ने स्थानमा ४० जना यात्रु सवार बस दुर्घटना भएको छ ।  सो दुर्घटनामा १ बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलामका प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले अन्दाजी ९–१० वर्षको बच्चाको मृत्यु भएको बताए ।

धनुषाको धारापानीबाट इलाम घुम्न आएको टोली दुर्घटनामा परेको। होबाँकी २७ जनाको उद्धार भइसकेको छ । कति जना गम्भीर र कति सामान्य घाइते छन् भन्ने कुरा खुलेको छैन ।