
१३ कार्तिक , काठमाडौँ ।
पर्रसामा रहेको एक विध्यलायाका प्रधानाध्यापक माथि गोली प्रहार गरे । प्रहारगर्ने अज्ञात समूहले भारतीय नम्बरको प्लेटका मोटरसाइकलहरु प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
सोमबार कलैयाको बाल एकता बोर्डिङका प्रधानाध्यापक रुपेश सराफ माथि गोली प्रहार भएको हो । गोली लागेर घाइते भएका सराफको वीरगन्जस्थित वयोधा अस्पतालमा उपचार भएको, तर उपचारमा असफलभई उनको निधन भएको पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले जानकारी दिए।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार गोली प्रहार गर्ने अज्ञात समूहका दुई जना कलैया बजार तर्फ भागेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए।उनीहरुलाई नेपालबाट बाहिर जान नदिन नाकाहरुमा विशेष निगरानी गरिएको उपरीक्षक काफ्लेले जानकारी दिए।