
बासुदेव पोख्रेल
धुर्कोट , असोज ८ । गुल्मीको धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रको अध्यक्षमा देविन्द्र भण्डारी नियुक्त भएका छ्न ।
सोमबार एक कार्यक्रमकम बिच धुर्कोट गाउँपालीका उपाध्यक्ष सीता गिरीले रिक्त रहेको अध्यक्ष पदमा भण्डारीलाई नियुक्ती गरिएको घोषणा गरेकी हुन ।
पदभार गहण गर्दै नवनियुक्त अध्यक्ष भण्डारीले आफुले बिगत लामो समय देखि स्वास्थ्य क्षेत्रमा काम गरेको र सबैको सहयोगमा धुर्कोट प्राथमिक स्वस्थ्य केन्द्रलाई उत्कृष्ट बनाउन लागि पर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रम धुर्कोट प्राथमिक स्वस्थ्य केन्द्रका प्रमुख डाक्टर प्रशान्त बहादुर खत्रिको अध्यक्षतामा सम्पन्न भएको थियो । नव नियुक्त सवास्थ्य केन्द्रका अध्यक्ष भण्डारीलाई वडा नं ५ का वडा अध्यक्ष केशबराज भण्डारी ,वडा नं ६ का वडा अध्यक्ष कृष्ण नेपाली र धुर्कोट गाउँपालीका स्वास्थ्य शाखा प्रमुख प्रेमलाल खनाल, इन्दिरा माबिका प्र अ कृष्ण बहादुर केसि लगायतका स्थानीय अगुवाले पनि अध्यक्ष भण्डारीको कार्यकाल शुभकामनाले होईन आफैले सफल बनाउने धारणा राखेका थिए ।