
लाखौं प्रदेशी हरु को पिडा लाई टपक्कै टिपेर प्रस्तुत गरिएको एउटा तीजको गीत “अरबको खाडीमा“ सन्देश नेपाल टी भी नामक युट्युब च्यानल बाट आज मात्रै सर्वजिनक भएको छ ।
https://youtu.be/1-aal_dW5n8
गीतको शब्द हरु यस प्रकार छन् :
कहा होलान् मेरो मुटुको धड्कन ‘हो पिया राजै’ फोन पनि लाछैन,
बिरामी भयोकी त्यो गर्मी खाडीमा ‘हो पिया राजै’ अनलाइन नी अाछैन ।
केटा :
चाड पर्व सधैं प्रदेशमै बित्छन् ‘हो पिया राजै ‘ सारै पिर पर्याछ ,
काम पनि कडा छ विदानी मिल्दैन ‘हो पिया राजै ‘ कम्पनी सर्याछ ।
केटी :
कतिन्जेल बसौँ घाँस दाउरा गर्दै ‘हो पिया राजै ‘ बन र पाखामा
मेला पात गएनी सै_साथी भएनी ‘हो पिया राजै ‘ तिमी छौं आँखा मा ।
केटा :
ती वृद्ध बा आमा बालबच्चा सम्पती ‘हो पिया राजै ‘ सब तिम्रै हातमा छ , गरिप को विवशता दूरीमा टाढा छु ‘हो पिया राजै ‘ सम्झना साथमा छ ।
केटी :
मनका रहर मनमै हराउँछन् ‘हो पिया राजै ‘ मनकै घाउ चर्किनी,
बा आमा बिरामी बालबच्चा साना छन् ‘हो पिया राजै ‘ कैले हो फर्किनी ।
केटा :
अहिलेको जमाना फेसबुक र अानलाइनको ‘हो पिया राजै ‘ गलत काम नगरे,
सहुको ऋण तिरेर फर्किन्छु कुनै दिन ‘हो पिया राजै ‘ प्रदेशमै नमोरे ।
गीतमा शब्द /संगीत कमल भुसाल चञ्चलले गरेको छन् । टीका पुन र कमल भुसालको स्वर मा सजिएको गीतको
अडियो भिडियो सन्देश क्रियसन नेपालको रहेको छ भने
स्टोरी / निर्देशन कमल चञ्चलकै छ ।