आफ्नै साथीले पिटेर मर्यो भनी ट्रकको टायर मुनि फालिदिएका युवा जीवितै हस्पिटलमा भेटिए ….

In स्वास्थ्य/जीवनशैली
२७ असार २०७९, सोमबार १४:१९

बुटवल,
सुन्दै अचम्म लाग्ने घटना बाहिर आएको छ रुपन्देहीको अंसतिया गाउँपालिका ६ मुर्गिया नजिकै घर भएका युवा दुर्गेश पाछी लाई आफू सँगै बस्ने खाने साथीले मारेर ट्रक मुनि राखिदिएको घटना ले अहिले जता ततै चर्चा हुँदै गएको छ ।यो घटना पुरानो हो तर वास्तविकता बुझ्दै जाँदा मर्यो भनेको दुर्गेश जिउँदै हस्पिटल बाट घरमा फर्किएपछि दुनिया चकित परेका छन् ।

बेलुकी सँगै बसेर नास्ता पानी खाएका कमल , किशोर थारु दुर्गेश लगायत का केही साथी हरु को सामान्य विवाद परेपछि कमल र किशोर ले केही साथी हरु लाई फोनेगरेर बोलाएर दुर्गेश लाई निर्घात कुटपिट गरेका थिए ।
टाउको मा ठूलो चोट लागेर दुर्गेश भुइँ मा ढले पछि केही साथी हरु ट्रकले किच्यो भन्ने पार्नको लागि दुर्गेश लाई घिसार्दै लगेर ट्रक मुनि सुताएका थिए ।
समाजसेवामा रुचि राख्ने अशोक बज्राचार्य ले राति को समयमा बाटो हिन्दै गर्दा भेटेर बुटवल लुम्बिनी हस्पिटलमा आइसिसियु मा राखिदिए , त्यसको लगत्तै लुम्बिनी हस्पिटलमा आईसिसियु बेड नपाएका दुर्गेश पाछि लाई भैरहवा मेडिकल कलेजको आइसिसियू मा राखियो ।झण्डै साढे चार लाखको बिल देखाउने दुर्गेश आहिले बाँकी रहेको डेड लाख जति पैसा तिर्न नसकेर हस्पिटलमा थुनिएका छन् ।उनले उपचारको क्रममा आफ्नो जीवनको सबै सम्पती बेचेर सके ।पसल थियो त्यो पनि बेचे अब उनको आफ्नो नाममा केही नभएको दुर्गेश का बाबा आमा ले रुँदै बताउँछन् । घटना लाई छानबिन को लागि प्रहरी मा उजुरी दिए पनि सत्य तथ्य र निष्पक्ष छानबिन नभएको उनको गुनासो छ ।
भिडियो समाचार ।

https://youtu.be/NMOUeYsY3aw