525 views 4 secs 0 comments

३ ओटा कापी र ६ ओटा पेन्सील स्कुलमा बाँडेर दलित भन्ने शब्द घोकाईन्छ हाम्रो देशमा …

In बिचार, समाज
१२ जेष्ठ २०७९, बिहीबार १६:०४

कक्षा १ मा नजादैबाट ३ ओटा कापी र ६ ओटा पेन्सील स्कुलमा बाँडेर दलित भन्ने शब्द घोकाईन्छ हाम्रो देशमा …
त्यो दिन बाहुन/क्षेत्रीका छोरा छोरीले निन्नाउरो मुख लिएर घर फर्किन्छन् ,दलित हरुका छोरा छोरी बेलुकी घर जाँदा खुसीले मत्त हुदै भन्छन् मम्मी मैले त आज कापी र पेन्सील पाएँनी अनि ड्रेसको कपडानि नयाँ पाईन्छरे — अनि बाहुन/क्षेत्रीका छोराछोरी घर गएर मम्मी , त्यो परकी एकमाया परिवार लाई अनि मुन्तीरको जैन्ते बिकलाई आज स्कुलमा सरले कापी र पेन्सील दिनु भयो मलाई किन नदिएको मम्मी …??? मलाई त्यो साथिगरुले कति कुच्चीङ् गराए … फेरी अर्को मैना नया ड्रेस पनि दिनीरे मत स्कुल जान्न ,कस्तो चुङ्गाउछन् …
आमा : बाबु तीनी हरु साना जात हुन के त्यसैले तीनि हरुलाई त सरकारले कापी किताप ,ड्रेस सबै दिन्छ , स्कोलर्सीप पनि दिन्छ…
छोरो : उसो भए हामी पनि तिनिहरु जस्तै बनम् न आमा म त स्कुलमा एक्लै भएं…
आमा : हैन के छोरा तिनिहरु भन्दा त हामी धेरै ठुला हौं , हामीले तिमीलाई आफै किन्दीन्छौं नी त्यसो भन्ने हैन है अब , म भोलि गएर तिमीलाई कापि पेन्सील सब नया लिदिन्छु …
छोरो : मनमा धेरै कुरा खेलाउँछ तर भोलि नया कापी र पेन्सील पाउने भएसी मनमै राख्छ ।
* उता फेरी दलित परिवार मा _
छोरो : मम्मी सरले हामीलाई मात्र कापी र पेन्सील दिनु भयो त्यो माथीको खुर्पीलाल पाण्डे / टोपला केसी हरुलाई कीन नदिएको होनि …?
आमा : हामी ‘दलित’ होके छोरा त्यही भएर हाम्लाई सरकारले सहयोग गरेको हो , ऐले कापी र पेन्सील मात्र दीए पछि ड्रेस पनि दिन्छन् छोरा …
छोरो : दलीत भनेको के हो नी मम्मी ?
आमा : दलित भनेको सानो जात हो के छोरा …
छोरो : फेरी त्यो सानो जात भनेको के होनी मम्मी ?
आमा : हीजो कापी र पेन्सील नपाएका तेरा जो जो साथिहरु थेनी हो तीनीहरुले हामीले छोएको पनि खाँदैनन् ; हामीहरुलाई तीनिहरुको घर भित्र जान पनि दिदैनन् …हो त्यही भएर हामीलाई गाउँ छिमेकले हेला गर्ला भनेर सरकारले माया गरेर कापी किताब र ड्रेस हरु दिएको होके छोरो तँ ठूलो भएपछि आफै थाहा पाउँछस् …

*** अब कुरो आफै बुझ्नुहोस् कस्को बिचमा फाटो राखेर , कसलाई लडाएर कस्को प्यारो बन्दैछ सरकार…???
यो जातीय लडाई जती पनि छ त्यो छिमेकी लडाएर महं र घ्यू खाने सरकार भनौं वा पञ्चेहरूको पैले देखीकै पुरानो चलन हो !
कारण :- दलितको खोल ओडेका सयौं संस्था( NGO / INGO )हरु यीनै सरकारमा हुने टाउकेहरुका आसे गासे त्रासे र इनकै मामा भान्जा, बैनी ज्वाईं , फुपु ,साडु , आफन्त जेठानी दिउरानी, छोरी बुहारी ज्वाईं … बाट संचालीत डलरको खेती हो । त्यसैले अरबौं को टेन्डरमा १/२ लाख रुपैयाँका कापी कलम र ड्रेस किनेर गाउँमा लगेर ति नाबालक हरुलाई दलीत भन्ने शब्द घोकाउँदै बाड्ने र बचेको पैसाले चिल्ला गाडी र महंगा बोडीङ्ग् स्कुल खोल्ने ले नत निसुल्क शिक्षा बनाउनेछन् नत दलित भन्ने शब्दनै हटाउने छन् यो त “गाईको बाच्छोले दुध खाला भनेर एक अंसा मिठो हरियो घाँस दिएर गाई पगारे जस्तै हो साथीहरू “
दलितको आँखोमा छारो हालेर दलितकै प्यारो बन्दै NGO/INGO हरुको गरिखाने बाटो हो यो …
### मलाई लाग्छ , पछिल्लो रुकुमको दलितको कारण ज्यान गुमाउने हरुको केसमा पनि २ पक्ष बिच झडपको क्रममा भाग्दा मृत्यू भयो भन्न सक्नेछ सरकारले
कसैलाई ज्यामारा घोषित नगर्न सक्छ…

आज रुकुममा मृतक दलित हरुको पक्षमा नारा लगाउँदै हिड्ने, फेसबुकमा जोरदार स्टाटसबाट दलितको न्याय को माग गर्ने सम्पूर्ण दलित तथा अन्य साथीहरुले अबदेखी आफ्नो छोरा छोरी हरुलाई स्कुलमा वा अन्य कुनै पनि स्थानमा दलित भनेर दिईएको राहत / स्कोलर्सीप लीन हात थापेर नहिड्नुहोस् र सरकारले छुट्टाएको दलित कोटा लाई पनि बहिस्कार गर्नुहोस् र क्षेत्री ,बाहुन , मल्ल ठकुरी आदि … सबै संग हातेमालो गर्दै हिडनुहोस् । त्यो बखतमा कुन मल्लले छोरी दिंदैन…??? कुन बाहुनले छोएको पानी खाँदैन …???
– त्यो समय लाई पनि एक पटक कल्पना गर्न त सकिन्छनी होईनर …? सुरु आफै बाट गरौं !!!
नोट : मैले यसो भनिरहदा मलाई यो त दलिको बिरोधी रैछ भनेर कदापी नसोच्नु मत मेरो कपडा सीलाउने परिवार दाईको मा गएर खाना ,नास्ता मासु – भात खाएर आउँछु । हाम्रो भाँडा बनाउने बिस्वकर्मा दाईको मा गएर देउली खाएर आउँछु आफै अन्तर जातिय बिबाह गरेको मान्छे हुँ … त्यसैले म दलितको हैन “दलित” भन्ने शब्दको बिरोधी हो , कतिपय दलितले देखाउने ब्याबहारको पनि बिरोध गर्छु किनकि दलित भित्रै पनि छुवाछुतको झगडा भुषको आगोजस्तै बलेको आफ्नै आँखाले देखेको छुँ तर मैले भनेर हुने भएत यो दलित भन्ने शब्दनै नेपाली शब्दकोष बाट हटाउने थिए मत दलितलाई सम्मान र सपोर्ट गर्ने मान्छे हुँ , कीनकी मानब मानबनै हो बाहुन क्षेत्री राई लिम्बु बिक नेवार जो कोहि किन नहोस्…
✍🏼✍🏼✍🏼कमल भुसाल “चञ्चल”