ताप्लेजुङमा एमालेको गढ गठबन्धले भत्कायो !

In राजनीति
७ जेष्ठ २०७९, शनिबार १८:२८

स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा एमाले र कांग्रेसका गढहरु एक अर्काले भत्काउँदा माओवादी केन्द्रले आफ्नो प्रभाव बलियो बनाएको छ। एमालेका बलिया गढहरु गठबन्धनले भत्काउँदा कांग्रेसको गढमा भने एमाले उदाएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा फुङलिङ नगरपालिकाको प्रमुख पद जितेको एमालेलाइ यसपटक गठबन्धनकोतर्फबाट कांग्रेसले पराजित गर्‍यो। कांग्रेसले मेरिङदेन र सिरिजङ्गा गाउँपालिकाको अघिल्लो विरासत कायम राख्दा एमालेले भने पाथीभरा याङ्वरकमा मात्र आफ्नो अघिल्लो विरासत जोगाउन सक्यो।

यसअघि एमालेले जितेको फक्ताङ्लुङ, मिक्वाखोला र मैवाखोला गाउँपालिकामा यसपटक गठबन्धन विजयी भएको छ। फक्ताङ्लुङ र मैवाखोलामा माओवादी केन्द्र र मिक्वाखोलामा कांग्रेस विजयी भयो। कांग्रेसले जितेको सिदिङ्वा र आठराइ त्रिबेणी गाउँपालिका यसपटक एमालेले खोसेको छ। यसैगरी वैशाख २७ गते लालबन्दी पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताधारी दलहरुको गठबन्धनको तर्फबाट नेकपा माओवादीका प्रहलाद बुढाथोकी उम्मेदवार भएकाले उनलाई भोट नदिने र नसघाउने कांग्रेसी नेता कार्यकर्ता कारबाहीको भागिदार हुने भन्दै चेतावनी पनि दिएका थिए।
गठबन्धनको नाममा आफ्नो पकडको पालिका अरुलाई नसुम्पने मनोविज्ञान बनाएका लालबन्दीका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु अलिकति पनि विचलित नभई आफूले बनाएको उम्मेदवार वासुदेव अधिकारीलाई जिताउन निरन्तर कम्मर कसेर लागिरहे।

चुनावको अन्तिम परिणाम आउँदा देउवा र दाहालको उम्मेदवार प्रतिस्पर्धामा कतै पनि आउन सकेनन्। वासुदेव अधिकारीले निकै फराकिलो बहुमतले नगर प्रमुख बन्ने मौका पाएका छन्। अधिकारीले ९५६१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी एमालेका गोविन्दबहादुर महतले ७८८३ मत प्राप्त गरेका छन्।