टी-२० विश्वकप ग्लोबल छनोट …

In खेलकुद
२२ मंसिर २०७८, बुधबार १२:४६

अर्को वर्ष अष्ट्रेलियामा हुने टी-२० विश्वकपका लागि हुने ग्लोबल छनोटमा नेपालले समूह चरणमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।
१६ टिमले प्रतिस्पर्धा गर्ने ग्लोबल छनोटमा दुई समूह हुन्छ । त्यसमध्ये नेपाल समूह ए मा छ । हरेक समूहका शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन् । नेपाल रहेको समूह ए को ग्लोबल छनोट २०२२ फेब्रुअरीमा ओमानमा आयोजना हुनेछ । यस समूहमा ८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले आधिकारिकरुपमा समूह विधाजन सार्वजनिक नगरेपनि साउथ चाइना मर्निङ पोष्टले स्रोतलाई उधृत गर्दै समूह विभाजन बारे समाचार प्रकाशित गरेको छ । जसअनुसार समहू ए मा नेपालसँगै आयरल्यान्ड, ओमान, यूएई, क्यानडा, फिलिपिन्स, जमर्नी र बहराइन छन् । सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेको नेपाल त्यसयता छनोट हुन सकेको छैन । ग्लोबल छनोटको समूह बी मा जिम्बावे, हङकङ, नेदरल्यान्ड्स, जर्सी, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका छन् । यस समूहको छनोट २०२२ मा जिम्बाब्वेमा हुनेछ ।