318 views 0 secs 0 comments

आज पनि सुनको भाउ एक सय रुपैयाँले घट्यो…

In विश्व
१४ मंसिर २०७८, मंगलवार १२:३३

सुनको भाउ आज पनि एक सय रुपैयाँले घटेको छ ।
हिजो पनि सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।