माओवादीको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम चितवनमा…

In राजनीति
६ मंसिर २०७८, सोमबार १४:२७

नेकपा माओवादी केन्द्रले अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरेको छ । साेमबार बिहान पूर्वी चितवनको टाँडीमा भएकाे प्रशिक्षण कार्यक्रममा बाेल्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वी चितवनमा पहिलादेखि मानिँदै आएका एमालेको गढ भत्काएर छाड्ने दाबी गरे ।
प्रचण्डले निर्वाचनका हिसाबले पूर्वी चितवन एमालेको गढ मानिँदै आएको भन्दै आगामी तीनै तहको निर्वाचनमा त्यो गढ भत्काएर छाड्ने बताए । गएको तीनै तहको निर्वाचनमा पूर्वी चितवनका चारवटै नगरपालिका, संघ र प्रदेशको निर्वाचनमा एमाले विजयी भएको थियो ।