
जागिर छोडेर ब्यावसायिक क्रान्तिमा लागेका इन्जिनियर युवा….
समाजमा इन्जिनियर भन्ने बित्तिकै उसलाई ठुलोमान्छे भन्ने चलन अहिले पनि जिबित नै रहेको पाइन्छ तर कर्णाली प्रदेश कालिकोट जिल्ला तिलागुफा न.पा को मद्यम वर्गीय परिवार मा हुर्केका सव इन्जिनियर को कहानि अलि छुट्टै पाउन सकिन्छ उहाँ भन्नुहुन्छ …………..
अबको देशको बदलिँदो राजनितीक अबस्था देशको परिवर्तन ले गर्दा कि सचेत युवाहरु राजनितीमा आउन जरुरि छ कि ब्यावसाइक, रोजगार मुलक,शिपमुलक सहितको ब्यावसायिक क्रान्ती अबको युबा पुस्ताको अन्तिम बिकल्प हो सक्षम अनि अथाह संभावना बोकेका बुद्दीजिबि युवाहरु हरेक बर्ष कालापाहाड,भारतमा मजदुरी, र बिदेशी भुमीको चर्को घामले गर्दा बाकसमा आउनु पर्ने बाध्यता को अनत्य हुन पर्छ स्वदेशी पहिचान कायम गरि देशलाइ आर्थिक संभावना तिर डोर्याउन र आफ्नै देशमा रोजगार कम्पनी स्थापना गरि सम्पूर्ण नेपाली दाजुभाइ बिशेश गरि कर्णाली बासिलाइ सक्षम बनाउने आर्थिक समृद्धि सहित को देशब्यापि अभियान चलाउन जरुरि देखिन्छ
45 हजारको जागिर छोडेर ब्यावसायिक बाटो रोजाइ किन ??….
समयको परिबर्तन सङै मनमा उत्साह,जागर , पारिवारिक समर्थन,अग्रजहरुको माया को साथै आफू परिवर्तनको एक हिस्सेदार भयको जब अनुभव हुन थाल्यो तब मेरो जागिर भन्दा पनि ब्याब्वसायिक क्रान्तीमा लाग्नुपर्छ भन्ने आट आउन थाल्यो हुनत मेरो परिवार को प्रमुख रोजाइ भनेकै छोरा को जागिर होस समाजमा इन्जिनियर का बुबा आमा भनेर चिनिन मन भयर होला सायद मेरो परिवारका कुनै बाध्यता पनि थिय होलान तर पनि मेरो मन ब्याबसयिक क्रान्ती बाहेक अबको बिकल्प कुनै पनि हुदैन भन्ने भाब थियो महिले करिब 7 बर्षको अस्थाई जागिर बाट सबै अनुभब लियको पनि थिय हुनत जागरे जिन्दगीमा पनि कुनै त्यस्तो अप्ठ्यारो आयन साथै राम्रो नाम र पद पनि पायको थिय कालिकोट त्रिरत्ना प्राबिधिक बिधालय को vice principal,भबन बिभाग सिन्धुपाल्चोक को सव इन्जिनियर,jica international को consultant, आसा प्रोजेक्ट सव इन्जिनियर जस्ता विभिन्न पद हरु समालिसकेको थिय तर पनि मनमा शान्ति थिएन किनकी अरुको ज्याला मजदुर गरेर कमायको छु जस्तो लाग्ने हुनत पैसा राम्रै आम्दानी हुने तर बिहान बेलुका समयमा नै पुग्नु पर्ने आफन्त, साथीहरू, लगायत सग पनि भेटघाट गर्न समय नहुने विभिन्न कारणले गर्दा अन्तमा जागिर छोडेर काठमाडौ लागियो देश कै ठूलो अनि ब्यास्त सहर ठुलाठुला घर ठुलाबडा मान्छे सकभर कर्णाली भन्दा धेरैले थाहा नपाउने त्यस्मा मेरो कालिकोट कसले चिन्नु र त्यता अनेक समस्या का बाबजुत पनि कम्पनी दर्ता गरि केही समय काठमाडौ कर्मथलो बनाइयो कम्पनी पनि ठिकै चलिरहेकै थियो अबको यात्रा कर्णाली हो मेरो बाजे मेरो बुबा र मेरो माटो कर्णाली कै माटो हो भन्ने उदेश्यले कर्णाली मै बसेर tila Engineering कन्सल्टेन्सी र shiwaalaya multipurposed company साथै हाम्रो कम्प्युटर इन्स्िटच्युट सन्चालन गरेर बसेको छु हरेक दिन अहिले कार्यालय मा 7-8 जना ले निशुल्क ब्याबसायिक परामर्श लिनेगरेका छन र 4 जना ले नियमित रोजगार पनि पायका छन हरेक दिन जसो गाउले दाजु भाइ आफन्त नातेदार शिक्षक बुद्धिजिबि लगायत का मान्छे हरु साथै दुर्गम बस्ती र दुरदराज बाट भौतारियर सहर आयका बेरोजगारी युबा युबती, गरिब,बिपन्न,असाहय हरु लाई श- शुल्क र निशुल्क सीप ब्याबसायिक, सिपमुलक, रोजगारमुलक सीप सिकाउने र बिभिन किसिमका उर्जा हौसला आत्मबल उच्च बनायर आफनै माटोमा केही गर्ने प्रेरणा दिने किसिमको दिनचार्य गर्दैछु
अबको यात्त्रा…
भनिन्छ धन पैसा मात्र सम्पती होइनन समाज मा इज्जत प्रतिस्ठा मानसम्मान पनि सम्पती हुन भन्ने प्रमुख उदेश्य छ गाउबाट आयका बिरामी अशक्त अपांग गरिब दाजुभाइ दिदि बहिनि आमाबुबा हरुको सेवा गर्ने साथै स्व देशमै विभिन्न किसिम उधोग,कलकारखाना, खोल्न युबा युवतीलाई प्रोत्साहन गर्ने विभिन्न संभावना को खोज अनुसन्धान गर्ने र देश ब्यापी आत्मनिर्भर युबा अभियान सन्चालन गर्ने कर्णाली को अर्गानिक बस्तुको प्रचार प्रसार गर्ने युबा उधमि हरुसङ सहकार्य गरि, विभिन्न रास्ट्रिय र अन्तरास्ट्रिय संघ संस्था,स्थानीय तह सङ समन्यन गर्ने,स्वदेश मै रोजगारी सिर्जना गर्ने,युबाहरुलाइ भारतमा मजुदरी र कालापाहाड जानुपर्ने बाध्यता को अनत्य गर्ने साथै आफ्नो ब्याबसायलाइ पनि निरन्तर प्राथमिकता दिने लगायत कामहरु गर्ने सथै कर्णाली को माटो लाई शिरपोरण गर्ने मुख्य कार्यक्रम छ्न ।