633 views 0 secs 0 comments

के फलामको कुर्ची बीजायो बादललाई …? ओली नेतृत्वको एमालेमा सँगै रहन नसकिने बादलको संकेत

In Uncategorized
११ भाद्र २०७८, शुक्रबार १७:३९

काठमाडौं। नेकपा एमालेका नेता तथा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले केपी शर्मा ओली नेतृत्वको एमालेमा सँगै जान नसकिने बताएका छन्। बिहीवार आफूनिकट नेता कार्यकर्तालाई आफ्नै निवासमा बोलाएर जेठ २ गते अघिको एमालेको संरचनामा आफू सँगै हिंड्न नसकेको बताएका हुन्।
बादलनिकट एक नेताले सूत्रन्यूजसँग भने – ‘हामी एमाले होइनौं, त्यतिबेलाको नेकपा हौ र हामी त्यही अनुसार अघि बढ्छौं भनेर कमरेड बादलले भन्नुभएको छ । जेठ २ गते एमालेलाई फर्काउनु सही होइन । हामी नेकपाकालीन संरचनामार्फत अघि बढ्न खोजेका थियौं।’
केही दिनअघि बादलले आफू एमालेमा नरहने भन्दै नेक पा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग भेट गरेको समाचार बाहिरिएको थियो तर बादल ले आफै प्रचण्डलाई भेटे या कसैमार्फत भेटेभन्ने स्वतन्त्र पुष्टि भएको छैन।
काठमाडौं। सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले दार्चुला घ,टनाको सत्यतथ्य छिटो सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको हो । त्यस्तै बैठकले उक्त घ,टनामा कुटनीतिक पहलद्वारा दोषीलाई कानूनी कारबाहीको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको समिति सभापति शशि श्रेष्ठले जानकारी दिनुभयो।
त्यस्तै बैठकले दार्चुलाको व्यास क्षेत्रको सुरक्षा तथा आवतजावतका लागि सडक, पुल लगायतका पूर्वाधार यथाशीघ्र निर्माण गर्न पनि सुझाव दिएको छ । समिति सभापति श्रेष्ठले दार्चुलादेखि तिंकरसम्मको सडक छिटो निर्माण गरी आवतजावत सहज बनाउन र तुइन विस्था पित गरी झोलुंगे पुल निर्माण प्रक्रिया तत्काल शुरु गर्न पनि निर्देशन दिएको जानकारी दिनुभयो।
त्यस्तै बैठकले निर्मला पन्तको बलात्कारपछि हत्या भए को घटनाको तीन बर्ष पुरा हुदा पनि कानूनी कारवाही हुन नसकेको भन्दै छिटो भन्दा छिटो दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन पनि निर्देशन दिएको उहा ले बताउनुभयो । चाडबाडमा हुनसक्ने कालावजारी र म्याद सकिएका अखाद्य बस्तहरु बजारमा पठाउनेलाई कारवाही गर्दै अघि बढ्न सरकारलाई निर्देशन दिएको उहाले बताउनुभयो।