
जेठ ७ काठमाण्डौं,
कोरोनाशंकट संगै उठेका ठुल्ठूला मुद्धा र “नियत” ✍?✍?✍?लालमणि भुसाल “अविलासी”
आजको मानवजातीले जसरि आफ्नो अन्तरआत्माको शत् ,बिस्वास र वास्तविकतालाई पनि धोका दिएर ढोंग ठोक्छ तेसैको परिणाम ब्रह्माण्डका सबै निर्दोष जिवात्माले र निर्जीव मानिएका तर सजीवको जीवन बचाउने सबैतत्व (ढुङ्गो-माटो)ले पनि भोग्न बाध्य छ।
सबै चिजको जन्म,वृद्धि-विकाश र अन्त्य दिनपछिको रात र रातपछिको दिन जस्तैहो ।आज आफ्ना कुकर्म लुकाएर आम निर्दोशहरुको प्राण-हरणको मुद्धालाई टारेर बहादुर राजनेता बन्नको लागि नियत उजागर गर्ने साना नेता नभई ठुल्ठूला र नामी नेताहरु विश्वमंचमा हुन्ग्कार दिईरहेका छन्।
यिनै हुनिखानी भानाउँदाहरुलाइ जुनदेशका जनताले आफ्नो विपत्तिको लागि सम्रक्छ्यक मानि सिरमा टेकाए आज तिनैहरुले शिरदेखि पाउसम्म तिनै बोक्नेहरुलाई सु-सु- गरेर गन्हाउने बनाएकात छन् -छन्। हुँदा हुँदा प्रकृति धोम्शगरेको अपराधबाट आफ्ना नागरीक र संसारको ध्यान अन्यत्रै मोड्न खुब बहाना बाजी गरिरहेकाछन्। @सानो कुरा उनिहरुले आफ्नो टाउको बचाउने प्रयाश गर्दैछन्@।@अर्को कुरा पुन: सत्तामा आउने बाटो खोल्दैछन्@@।भने झन् ठूलो कुरा आफ्नो अंगुल र चुंगुलमा संसारलाई जब्बरजस्ती बाँध्न खोज्दै छन्।
ति संसारका खोरापाती जसले आफ्नो देशको करोडौं जीवजन्तु-पशुपन्छी,,अरबौं खरबौंको अमुल्य बनजंगल जल्दा र आम नागरिकहरुको बिल्लीबाठ हुँदा विदेशको शहेर गरेर राम हेरे। जसले मजाक मजाकमा आफ्ना निर्दोष बिस्वासी नागरिकहरुलाई भ्रम छरेर आज स्वास र लाशहरुको पहाडमाथि आफ्नो नाङ्गो नाँच देखाउँदै छन्।
आज लाज पचाएर तिनै हरुले एक न एक बहानामा आम जनतामा ठुल्ठूला भाषण छाँटेर सर्व साधारण हरुको मन मस्तिस्क भुटेर पुन :संसारको सो-घोसित लिडर हुने दुस्साहस गर्दैछन्।
स्मरण रहोस::!! @@@ जुन् राजनेता धन-शम्पति,लोभ-प्रलोभ,जुवा-तास,र सुरा-सुन्दरीमा लिप्त हुन्छ त्यो सर्व लोक र सर्व जीवको दुश्मन हो। जसको विस्वासगरेर टाउकोमा चडाउने त्योभन्दा बढी पापी हो@@@। त्यस्तो दुश्मनले आफ्नै सर्वस्व गुमाएको चाल पाउन्न। अरुको बारेमा के सोच्न शक्दछ?? त्यो समाज त्यो देश र विश्वले यहिकुरा नबुझेर अझै पनि कैंयौं खोरपाती राजनीति गर्ने राजनेता भनाउँदा हरुलाई काँध थाप्यो।
आज विस्वका तिनै अधर्मी ब्यापारीहरुले आफ्नो सबै कुकर्म,भर्म र लज्जाको ढाकछोप गरेर आएआँप गए झण्टारोको अन्तिम च्याखे थाप्दैछन् यहि संकटको घडीमा। जहाँ उनीहरुको आफ्नो ईज्जत आफ्नो राजनीति र ब्यापारको अन्तिम वारपारको निर्णय हुँदैछ।
उनीहरुले आफ्नो सबै कुकर्मबाट बच्नको लागि अन्तिम अस्त्र यहि कोरोना संकटलाई मानेर सबै अस्त्र फ्याक्दै छन्।त्यसको लागि उनीहरुको अस्त्र र आँखाको तारो चाइना र विश्व स्वास्थ्यसंगठन लाइ मानेका छन्। त्यसको दुइटा मुख्य कारण छन्। चाइना आजको दिनमा विश्वको उदयमान शक्ति र शम्भावत केहि दिन वा बढीमा केहि महिना भित्रै अवको विश्वको मानवता र प्रकृति सवैको नेता हुँदैछ। त्यसबाट उसलाई रोक्नु अमेरिका,पश्चिमा युरोपियन पुँजीवाद र अस्ट्रेलिया को टाउको दुखाइ भएको छ।
अनि डब्लू -यच-ओ-लाइ दोष लगाउनु हिटलरी पारा र बुश पारा हो। जुन् अमेरिकन हरुका लागि र अन्तिममा हार मार र जनता अनि कानुनको काल-कोठरीमा नजाक्किउञ्जेल हिटलर-मुसोलिनी र उनका पिछलग्गुका लागि पनि सामान्यनै थियो। र रहिरहेको छ जवसम्म भर्म र जालभित्र पनि शक्तिको दवदवा रहन्छ। मानौ सुरुसुरुमा त कौरवहरुलेनै सवै जित जिते। पाण्डव हरुकॊ सर्वस्व हरण गरि वनवासै पठाए।
छर्लंगै छ।आज विश्वजगतमाथि आइलागेको यस महासंकटलाई उनीहरुले नियोजित रुपमा नियतवस आफ्नाआफन्ती,पार्टी र देशवासी भन्दा पनि केवल आफ्नो निजि स्वार्थको लागि विश्वको आँखामा ब्वासोले झैं मुत छर्केर आन्द्रा निकाल्दैछन्। मज्जा मानेर पुच्छर उठाउने,बिस्वाश गर्ने र अल्छिमान्ने एक्काइसौँ शाब्दिको दुईखुट्टे भैंसीले ढलेपछि मात्र थाहा पाउनेछकि किन संकटको बेलामा इनिहरुको फरक फरक खालकॊ ध्वाँस र बेमौसमी बाजाको खास नियत केरहेछ।।।