488 views 0 secs 0 comments

ट्रिप्परले मोटरसाईकललाई ठक्कर दिँदा १ जनाको मृत्यु…

In समाज
२३ फाल्गुन २०७६, शुक्रबार १४:०४

सिदार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसने ७ लामिडाँडामा  ट्रिप्परले मोटरसाईकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ  ।  एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अुनसार तानसेनदेखी बुटवल आउँदै गरेको लु. ७ प ४३४ नम्बरको मोटरसाईकलाई सोही दिशाबाट आउँदै गरेको लु २ ख ३१७८ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार तानसेन नगरपालिका बार्ड ७ कि ५५ वर्षीय मधु श्रेष्ठको मृत्यु भएको छ । उनका श्रीमान् हिमालप्रसाद श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचार भईरहेको छ । प्रहरीले ठककर दिने टिपरलाई नियन्त्रणमा लिएको जनाएको छ ।