477 views 0 secs 0 comments

ओखलढुंगामा रुखले किचेर दुईजनाको घटना स्थलमै मृत्यु…

In समाज
१८ फाल्गुन २०७६, आईतवार १३:३१

ओखलढुंगाको मोलुङ गाउँपालिका ८ रागादीपमा रुखले किचेर दुईजनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा रागादीप खिम्ली सैमलका अन्दाजी ५८ वर्षीय राजकुमार राई र ४० वर्षीय अम्बर बिक रहेको गाउँपालिका अध्यक्ष मणिराज राईले जानकारी दिए । 
सनिबार दिउसो राजकुमार राईको घर बनाउन रुख काट्ने क्रममा सोही रुखले किचेर उनीहरुको ज्यान गएको प्रमुख राईले बताए । मृत्यु हुने राई घरधनी हुन् भने बिक उनका सहयोगी हुन् । उनीहरुले काट्दै गरेको रुखले कान्लामुनी रहेको बस्तु गोठलाई किच्ने भएपछि त्यसलाई बचाउन डोरी लगाएर तान्ने क्रममा रुखले किचेको राईको भनाइ छ । राजकुमार र अम्बर बिकले डोरी लागएर रुख तनेको र अर्का एकजनाले फेदमा काट्दै गरेको रुख लडेर उनीहरु भएकै स्थानमा आएपछि भाग्दा भाग्दै किचेको बताइएको छ ।