
काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी गर्ने पेशेवर समूह नै सक्रिय रहेको पाइएको छ । उपत्यकाका विभिन्न स्थानबाट चोरीमा संलग्न समातिएपछि यस्तो समूह सक्रिय रहेको पाइएको हो ।
प्रहरीका अनुसार, चन्द्रागिरि, नागार्जुनन, कीर्तिपुरलगायतका क्षेत्रबाट पछिल्ला केही दिनयता मात्रै ९ मोटरसाइकल हराएका छन् । प्रहरीले हराएका मोटरसाइकलसहित ११ जनालाई नियन्त्रणमा लिएको छ ।