551 views 0 secs 0 comments

आज – ३० मंसिर २०७६ सोमवार को राशिफल…

In देश
३० मंसिर २०७६, सोमबार ०६:५१

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लाभदायक यात्रा रहला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको साथ पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । रतिरागपनि बढ्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेकोछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । सेयरको कारोबामा फाईदापनि हुनसक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
गरेको कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा सफलता पाइनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेममा मधुरता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
दैनिक कार्यमा प्रगति हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
मनमा निरासा र शरीरमा आलस्य आउला । मनमा अविश्वाश उत्पन्न हुनेछ । प्रेममा मनमुटाव आउला । यात्रामा मालसामान हराउन सक्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोग भाव आउला । प्रेम सम्बन्धपनि कसिलो हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारमा सुख सन्तोष छाउला । नयाँ कामको थालनी हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिनछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
– ज्यो.प. नारायणप्रसाद दुलाल