
बर्दिवास नगरपालिकाअन्तर्गत महोत्तरीको लक्ष्मिनीयामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा धनुषाधाम घर भएकी वर्ष ५५ की सकुन्तलादेवी महतो र भारत जयनगर घर भएकी वर्ष ५० की तनिया देवी महतो रहेका छन् । घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारको लागी धरान रिफर गरिएको छ भने सामान्य घाईते भएका १० जनाको बर्दिवासस्थित शुभस्वस्तिक अस्पताल बर्दिवासमा उपचार भैरहेको छ ।
मंगलबार राती गढिमाई मन्दिरको दर्शन गरेर फर्कदैँ गरेको ना ५ च १२२७ नम्बरको यात्रु बाहक पिकअप अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको हो ।