
भारतको महाराष्ट्रको पुणे सहरको शिंदेवाडी क्षेत्रमा यात्रुसहितको बस अनियन्त्रित भई ५० फिट गहिरो खोल्सामा खसेको छ । दुर्घटनामा परि दुई यात्रुको मृत्यु भएको जानकारी दिइएको छ । जानकारी अनुसार ३५ जना घाइते भएका छनु । ती मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । घटनाको सूचना पाएपछि प्रहरी र प्रशासन त्यहाँ पुगेर घाइतेलाई खोल्साबाट निकालेर नजिकको डिजे अस्पतालमा भर्ना गरेको छ ।