465 views 0 secs 0 comments

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु…

In समाज
१२ आश्विन २०७६, आईतवार १३:३६

जंगली हात्तीको आक्रमणबाट चितवनमा १ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१, दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार शनिबार राति ९ः४५ बजे घर नजिकै बाटोमा हिँडिरहेका बेला हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट तामाङको घटनस्थलमै मृत्यु भएको हो । तामाङको शव परीक्षणका लागि भरतपुर ल्याइँदैछ ।