415 views 0 secs 0 comments

विप्लव नेतृत्वको नेकपाका उपत्यका ब्युरो इञ्चार्ज नवीन बीके पक्राउ…

In समाज
७ आश्विन २०७६, मंगलवार ११:४०

सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका उपत्यका ब्युरो इञ्चार्ज नवीन बीके पक्राउ परेका छन् । पक्राउ परेका बिक पूर्व राज्यमन्त्रीसमेत हुन् ।
बिक तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा प्रत्यक्ष संलग्न भएका व्यक्ति हुन् । शान्ति प्रक्रियामा आएपछि एकीकृत माओवादीले उनलाई भेरी–कर्णाली राज्य समितिको सचिवालयको जिम्मेवारी दिएको थियो । ०६४ मा बनेको प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा त उनी तत्कालीन माओवादीको तर्फबाट स्थानीय विकास राज्यमन्त्री नै बनेका थिए । मोहन वैद्यले माओवादी विभाजन गराउँदा प्रचण्डसँगै रहेका उनी पछि वैद्यतिरै लागेका थिए । वैद्यबाट विप्लव अलग भएपछि उनले विप्लवको साथ रोज्दै त्यसका गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएका थिए ।