711 views 2 secs 0 comments

झापाको विर्तामोडबाट कटुवा पेस्तोलसहित ३ जना पक्राउ …

In समाज
३१ भाद्र २०७६, मंगलवार १४:४०

झापाको विर्तामोडबाट कटुवा पेस्तोलसहित ३ जना पक्राउ परेका छन् ।
विर्तामोड नगरपालिका ४ स्थित अनुल सारु मगरको कोठाबाट कटुवा पेस्तोल २ थान, गोली ४ राउण्ड, आर्थिक सहयोग सम्बन्धी पत्रहरु, परिपत्रहरु, विभिन्न माईन्युट बुक, डायरी, दस्तावेज, सहयोग रसिद, किताब लगाएत विभिन्न सामाग्रीहरु सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा विर्तामोड नगरपालिका-४ डेरा गरी बस्ने मकवानपुर भिमफेदी गाउँपालिका-२ का २६ वर्षीय अनुल सारु मगर सहित विर्तामोड नगरपालिका-४ मेघाबारी चोक बस्ने झापा हल्दिवारी गाउँपालिका-५ का ४४ वर्षीय टिका पोखरेल र ईलाम माङसेबुङ गाउँपालिका-१ बस्ने मनिष भन्ने ३४ वर्षीय प्रविन मिश्र रहेका छन् ।