453 views 0 secs 0 comments

अनारमनीले चलाएको अपरेशनका क्रममा तीन जना नेता पक्राउ…

In समाज
३१ भाद्र २०७६, मंगलवार ११:५२

नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहको झापा जिल्ला कार्यालयमा प्रहरीले छापा मारेको छ ।
बिर्तामोड नगरपालिका–४, नेपाल विद्युत् प्राधिकरणको कार्यालय पछाडि राखिएको समूहको गोप्य कार्यालयमा छापा मारेर महत्वपूर्ण दस्तावेजसँगै हतियार पनि बरामद गरिएको हो । सोमबार दिनभर १ नम्बर प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीले चलाएको अपरेशनका क्रममा तीन जना नेता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा जिल्ला जनसरकार प्रमुख टीका पोखरेल, सेक्रेटरी प्रविण मिश्र र मकवानपुरका कार्यकर्ता अनुल सारु मगर छन् । पछिल्लो एक महिनामा झापामा भएका विष्फोटका योजनाकार पोखरेल र मिश्र भएको प्रहरी दाबी छ । यो गिरफ्तारीसँगै समूहको झापा जिल्ला समितिका अध्यक्षबाहेक अधिकांश समातिएका छन् ।