726 views 0 secs 0 comments

राधाकृष्ण मन्दिरलाई एघार लाख सहयोग…

In देश
७ भाद्र २०७६, शनिबार १२:०९

धादिङका ज्ञाइन्द्रबहादुर श्रेष्ठले राधाकृष्ण मन्दिर सञ्चालनार्थ नगद रु ११ लाख एक हजार ११ सहयोग गर्नुभएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीशसमेत रहनुभएका श्रेष्ठले शान्तबजारको राधा कृष्ण मन्दिर सञ्चालनका लागि अक्षयकोषमा राख्ने गरी नगद हस्तान्तरण गर्नुभएको हो ।

चालिस बढी कानूनी पुस्तक प्रकाशन गरिसक्नुभएका पूर्वन्यायाधीश श्रेष्ठले किताव बेचेर आएको रकम मन्दिरलाई प्रदान गरेको बताउनुभयो । मन्दिरका संरक्षकसमेत रहनुभएका श्रेष्ठले राधा कृष्ण मन्दिर आफँै बनाइदिनुभएको थियो ।