827 views 0 secs 0 comments

लगातारको वर्षापछि आएको बाढीले ७२ जनाको मृत्यु…

In विश्व, सूचना-प्रबिधि
२५ श्रावण २०७६, शनिबार १३:२८

लगातारको वर्षापछि आएको बाढीले ठुलो जनधनको क्षति गरेको छ । भारतको कोल्हापुर लगायत अन्य विभिन्न क्षेत्रहरुमा बाढीले ठुलो असर पुर्याएको छ । भारतका दक्षिण राज्यहरुमा पानीको असर देखिएको छ । महाराष्ट्र, गुजरात, केरल, कर्नाटक, मध्यप्रदेश र राजस्थानका विभिन्न जिल्लाहरुमा ठुलो असर देखिएको छ ।

विमानस्थलमा पानी भरिएका कारण उडान अवरुद्ध गर्नु परेको कर्टाटक सरकारले जनाएको छ । यी राज्यहरुमा विद्यालय बन्द गरिएको छ । कर्नाटकमा बाढीको ठुलो असर परेको छ । गएको दुई हप्तामा कम्तीमा ७२ जनाको ज्यान गएको बताइएको छ । केरलमा २८, महाराष्ट्रमा २७, कर्नाटकमा १२ र तमिलनाडुमा ५ जनाको ज्यान गएको छ । लाखौं परिवार विस्थापित भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्