भारतका क्रिकेटर पृथ्वी शा आठ महिनाका लागि निलम्बनमा…

In खेलकुद
१५ श्रावण २०७६, बुधबार १७:१३

भारतका क्रिकेटर पृथ्वी शा आठ महिनाका लागि निलम्बनमा परेका छन् ।भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का अनुसार, शाले अनजानमा प्रतिबन्धित पदार्थ सेवन गरेका थिए, जुन सामान्य कफ सिरपमा पनि पाइन्छ । बोर्डले भनेको छ, ‘शाले २२ फेब्रअरी २०१९ मा इन्दौरमा सैयद मुस्ताक अली ट्रफीको एक खेलका क्रममा एन्टी डोपिङ जाँचका लागि पिसाबको नमूना दिएका थिए । त्यसमा टर्बुटालाइन पाइयो, जुन प्रतिबन्धित पदार्थमा पर्छ ।’