समाज
१३ बैशाख २०७६, शुक्रबार १३:००
701 views 0 secs 0

नेपालमा बालबालिका हराउने क्रम तीव्र…

पछिल्लो समय नेपालमा बालबालिका हराउने क्रम बढेको छ । सरोकारवालाले पारिवारिक कलह, साथीभाइको लहलहै र रोजगारीको खोजीलाई यसको प्रमुख कारण औंल्याएका छन् । एक सरकारी तथ्यांकअनुसार हराउनेमा बालिका बढी छन् । चालु आर्थिक वर्षको ८ महिनायता २ हजार २ सय १० जना बालबालिका हराएको बालबालिका खोजतलास समन्वय केन्द्रको तथ्यांकमा उल्लेख छ । यीमध्ये १ हजार १ सय ३७ जना […]

समाज
१३ बैशाख २०७६, शुक्रबार १२:२७
648 views 0 secs 0

श्रीमतीलाई ज्युँदै जलाएर मार्ने प्रयास

धनुषामा एक महिलालाई ज्युँदै आगो लगाएको एक साता नबित्दै सिरहामा पनि त्यस्तै घटना भएको छ । सिरहा नगरपालिका वडा नम्बर ८ श्रीमान् बेचन मण्डल खत्वेले २१ वर्षीया श्रीमती कञ्चन मण्डलको शरीरमा बिहीबार आगो लगाइदिएको प्रहरीले जनाएको छ । आगोले कञ्चनको शरीरको ८० प्रतिशत भाग जलेको छ । तत्कालै उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य बिज्ञान […]

समाज
११ बैशाख २०७६, बुधबार १८:५३
699 views 0 secs 0

दुखद खबर: ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु…

पूर्व–पश्चिम राजमार्गअन्र्तगत सप्तरीको सितापुरमा ट्र्याक्टर दुर्घटनामा परी एक जना कामदारको आज घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–३ बस्ने ४० वर्षीय शिवकुमार मण्डल रहेको प्रहरी निरीक्षक गुरु तिमल्सिनाले बताए । सोही दुर्घटनामा परी चालकसहित चार जनासमेत घाइते भएका छन् । उनीहरुको अग्निसाई कृष्णशवरण गााउँपालिका–४ स्थित मोहली बजारमा रहेको अहिर अस्पतालमा उपचारको लागि […]

देश, समाज
११ बैशाख २०७६, बुधबार १२:५७
654 views 1 sec 0

अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा सुधारको काम…

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ‘रिह्याब्लिटेसन’ (सुधार)को काम राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल नै बन्द गरेर भइरहेको छ । बर्खा सुरु हुनु अगावै धावनमार्ग सुधारको काम सक्ने लक्ष्य चिनियाँ निर्माण कम्पनी एभीआईसीले राखेको छ ।

देश, समाज
११ बैशाख २०७६, बुधबार १२:३१
613 views 0 secs 0

महाभूकम्पका कारण क्षति भएका सम्पदामध्ये हालसम्म २२३ सम्पदाको पुनःनिर्माण सम्पन्न…

महाभूकम्पका कारण क्षति भएका सम्पदामध्ये हालसम्म २२३ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ। गोरखा भूकम्पले भत्किएका सम्पदामध्ये पुरातत्व विभागमार्फत १६१, पशुपति क्षेत्र विकास कोषमार्फत २० र अन्य सङ्घसंस्थामार्फत ४२ गरी हालसम्ममा २२३ सम्पदाको पुनःनिर्माण सकिएको हो। त्यसैगरी पुरातत्व विभागमार्फत चालू आर्थिक वर्षमा २०५ सम्पदाको पुनःनिर्माण भइरहेको छ। भूकम्पले भत्किएका सम्पदामध्ये पशुपति विकास कोषमार्फत आठ, काठमाडौँ उपत्यका […]

समाज
८ बैशाख २०७६, आईतवार १८:२५
731 views 0 secs 0

जन्ती बोकेको जिप दुर्घटनामा एक जनाको मृत्यु, ११ घाइते…

जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ११ यात्रु घाइते भएका छन् । जन्ती बोकेर खप्तडछान्ना गाउँपालिकाबाट जयपृथ्वी नगरपालिकातर्फ आउँदै गरेको जिप आइतबार अपराह्न चार बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खप्तड छान्ना गाउँपालिका २ निम भन्ने ठाउँमा दुर्घटना हुँदा सोही गाउँपालिकाका ७० वर्षीय वासुदेव जोसीको घटनास्थलमै ज्यान गएको हो । […]

समाज
८ बैशाख २०७६, आईतवार १६:३५
823 views 0 secs 0

मनकामना दर्शनका लागि जाँदै गरेको बस धादिङ्मा दुर्घटना, २ जनाको मृत्यु…

काठमाडौँबाट मनकामना जाँदै गरेको बस धादिङको सलाङघाटमा दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको ज्यान गएको छ। मृतकको पहिचान खुल्न सकेको छैन। पृथ्वी राजमार्गमा पर्ने धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ सलाङघाटमा ३० जना यात्रु सहितको उक्त बस दुर्घटनामा परेको हो। आइतबार बिहान काठमाडौँदेखि गोरखाको मनकामना दर्शक गर्न जाँदै गरेको बा ४ ख १४१५ नम्बरको बस आभेरट्याक गर्ने […]

समाज
५ बैशाख २०७६, बिहीबार १५:५८
733 views 0 secs 0

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान हुने…

खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान गर्ने बताएकी छन्। मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको उचित व्यवस्थापन हुनेगरी अन्य कामलाई अघि बढाउन मातहतका निकायलाई सचेत गराएकी छन्। बिहीबार काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले काठमाडौं उपत्यकामा रहेका ढुंगेधारा, तलाउ, पोखरीहरुको संरक्षणको काममा […]

समाज
३ बैशाख २०७६, मंगलवार १०:५१
679 views 0 secs 0

खोटाङको दिक्तेल आउँदै गरेको बस हलेसीमा दुर्घटना, १ को मृत्यु, १४ घाइते…

काठमाडौंबाट खोटाङको दिक्तेल आउँदै गरेको बस हलेसीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ गम्भीर घाइते भएका छन् । चालक र सहचालकसहित १५ यात्रु सवार ना४ख ७४११ नंको बस गएराति ११ बजे हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना भएको हो । दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, दोर्पाचिउरीडाँडाका ३२ वर्षीय प्रजबहादुर राईको मृत्यु भएको प्रहरीले […]

समाज
३ बैशाख २०७६, मंगलवार १०:२४
580 views 0 secs 0

चितवनमा रोकिराखेको ट्रकमा कार ठक्कर खाँदा ६ जना घाइते…

भरतपुर महानगरपालिका–४ लंकुमा सोमबार राति रोकी राखेको ट्रकमा कार ठक्कर खाँदा ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रोकी राखेको ना५ख ७०८० नंको ट्रकमा भरतपुरबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको वा१९च ३९०४ नंको कार ठक्कर खाँदा कारमा सवार छ घाइते भएका हुन् । घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको […]