समाज
२९ श्रावण २०७६, बुधबार ०७:४९
685 views 0 secs 0

भक्तपुरमा प्रहरी टोलीले ८ हजार गाँजाको बोट नष्ट ….

सूर्यविनायक नगरपालिका–८, सिपाडोलको ठूलोगाउँमा रहेका करिब ८ हजार गाँजाको बोट प्रहरीले फडानी गरेको छ । महानगरिय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीको नेतृत्वमा गएको प्रहरी टोलीले लागूऔषधको रुपमा प्रयोग हुने गरेको गाँजाको आठ हजारभन्दा बढी बोट फडानी गरी नष्ट गरेको जोशीले बताए ।स्थानीय बासिन्दाको करेसा, तरकारी, मकैबारीदेखि खुला ठाउँ, चौर र पाखामा लहलह […]

समाज
२८ श्रावण २०७६, मंगलवार १९:०७
592 views 0 secs 0

बालिका बलात्कार गरी बेपत्ता भएको मो.समिर पक्राउ…

एक बालिका बलात्कार गरी बेपत्ता भएको आरोप लागेका सप्तरीको शम्भुनाथ नगरपािलका–२ कुशहाका ४० वर्षीय मो.समिर अख्तर पक्राउ परेका छन् । पीडित १४ वर्षीया बालिकाका बुवाले समिरसमेत विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७५ चैत ११ गते उजुरी दर्ता गराएका थिए । बेपत्ता समिरलाई घरबाटै गिरफ्तार गरेर आज अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको […]

समाज
२८ श्रावण २०७६, मंगलवार १८:५३
613 views 0 secs 0

ज्याग्दी खोलामा माछालाई थापेको जालमा बेरिएर दुई जनाको मृत्यु…

चापाकोट नगरपालिका वडा नम्बर ५ को ज्याग्दी खोलामा माछालाई थापेको जालमा बेरिएर दुई जनाको ज्यान गएको छ । ज्याग्दी खोलामा माछा मार्ने क्रममा स्थानीय ५५ वर्षीय वीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आलेको ज्यान गएको हो । निरबहादुरले फालेको जालमा आफै अड्किएर खोलामा डुबेपछि बचाउन जाने क्रममा नीरबहादुर पनि जालमा बेरिएको चापाकोट नगरपालिकाका सल्लाहकार पुरीले […]

समाज
२८ श्रावण २०७६, मंगलवार १७:३३
689 views 0 secs 0

छाउ नबारी परिवारसँगै बस्ने महिलालाई पाँच हजार पुरस्कार …

अध्यक्ष बोगटीले भने, ‘हामीले गाउँपालिकामा छाउ नबारी घरभित्रै परिवारसँगै बस्ने महिलालाई प्रोत्साहन स्वरुप पाँच हजार पुरस्कार दिने नीति पारित गरेका छौँ ।’ छाउपडी प्रथा अन्त्य गर्नका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका उपाध्यक्ष निर्मला साउँद बताउँछिन् । ‘हामी छाउपडी प्रथा अन्त्य गर्ने योजनामा छौँ, छाउपडी नबार्ने महिलालाई पुरस्कार स्वरुप पैसा दिनेछौं,’ सुदूरपश्चिम प्रदेशबाटै छाउपडी प्रथा […]

देश, समाज
२८ श्रावण २०७६, मंगलवार १७:०७
601 views 0 secs 0

पोखराको न्यूरोडमा आगलागी…

पोखराको न्यूरोडमा आगलागी भएको छ । भाटभटेनी सुपर मार्केट अगाडि रहेको नर्व दुर्गा फनिचरमाबाट सुरु भएको आगोले अरु पसलमा पनि क्षति पुगेको छ । ४ वटा दमकलले आगो निभाउने प्रयास गरिरहेको छ ।

समाज
२८ श्रावण २०७६, मंगलवार १३:१७
939 views 0 secs 0

सुत्केरी भएपछि नियमित स्वास्थ्य जाँच गराउने महिलालाई रु ५०० भत्ता दिँदै…

सुत्केरी भएपछि नियमित स्वास्थ्य जाँच गराउने महिलालाई कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्रोत्साहनस्वरुप रु ५०० भत्ता दिँदै आएको छ। सुत्केरी भएपछि नियमितरूपमा गराउनुपर्ने स्वास्थ्य जाँच गराउन प्रोत्साहनस्वरुप महिलालाई भत्ताको व्यवस्था गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक गजेन्द्र विष्टले बताए । “स्वास्थ्य जाँच नगराउँदा आमा र बच्चाको ज्यान जोखिममा पर्ने खतरा बढ्न थालेपछि नगरपालिकाले भत्ता दिने निर्णय गत वर्ष गरेको […]

समाज
२८ श्रावण २०७६, मंगलवार ११:५२
680 views 1 sec 0

मनकामना आवासीय बहिरा माविका कार्यालय सहयोगी श्यामहरी घिमिरे मृत फेला…

गोरखा नगरपालिका-१० टक्सारस्थित मनकामना आवासीय बहिरा माविका कार्यालय सहयोगी श्यामहरी घिमिरे मृत फेला परेका छन् । विद्यालय परिसर नजिकैको कुवाडी सामुदायिक वनमा मंगलबार बिहान उनको शव भेटिएको प्रहरीले जनाएको छ । ‘बिद्यालयबाट बेलुकी आठ बजे सधैं घर जान्थे, हिँजो साढे आठ बजे विद्यालयबाट खाना खाएर निस्केका रहेछन्,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द रेग्मीले भने, ‘आज […]

समाज
२८ श्रावण २०७६, मंगलवार ११:१७
557 views 0 secs 0

तनहुँको बन्दीपुरका ५३ वर्षीय श्यामबहादुर शाहीको घाँटी रेटेर हत्या…

तनहुँको बन्दीपुर गाउँपालिका–१, डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँटी रेटेर हत्या भएको छ । शाहीको शव बन्दीपुर गाउँपालिका–४ स्थित ढुल्ढुङ्गाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।डुम्रेबजारमा किराना पसल सञ्चालन गर्दै आएका शाही आइतबार रातिदेखि बेपत्ता भएका थिए । उनी हराएसँगै परिवारका सदस्यले खोजीका लागि प्रहरी गुहारेका […]

समाज
२८ श्रावण २०७६, मंगलवार १०:३५
628 views 0 secs 0

अख्तियारले सिरहाका इञ्जिनीयर जगदीशप्रसाद साह र सवइञ्जिनीयर उमा श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोलबजार नगरपालिका सिरहाका इञ्जिनीयर जगदीशप्रसाद साह र सवइञ्जिनीयर उमा श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विद्यालयको शौचालय निर्माणको भुक्तानी दिन सहज बनाइदिने भन्दै उनीहरुले सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ । उनीहरुलाई बिगो बमोजिमको जरिवाना र कैद सजायको माग गरी मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। […]

समाज
२८ श्रावण २०७६, मंगलवार ०९:५५
620 views 0 secs 0

वीरगञ्ज र यस आसपासका क्षेत्रमा केही दिनदेखि भाइरल ज्वरोको प्रकोप…

वीरगञ्ज र यस आसपासका क्षेत्रमा केही दिनदेखि भाइरल ज्वरोको प्रकोप देखिएको छ । प्रकोप बढ्दै जाँदा अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको संख्या ह्वात्तै बढेको छ । नारायणी अस्पतालका जनरल फिजिसियन एवं पेट रोग विशेषज्ञ डा. राकेश कुमार झाले पछिल्ला दिनमा ओपिडीमा आउने आधाभन्दा बढी बिरामी भाइरल ज्वरोकै भएको बताए । ‘अस्पतालको मेडिकल ओपीडीमा दैनिक ३ […]