560 views 0 secs 0 comments

वीरगञ्ज र यस आसपासका क्षेत्रमा केही दिनदेखि भाइरल ज्वरोको प्रकोप…

In समाज
२८ श्रावण २०७६, मंगलवार ०९:५५

वीरगञ्ज र यस आसपासका क्षेत्रमा केही दिनदेखि भाइरल ज्वरोको प्रकोप देखिएको छ । प्रकोप बढ्दै जाँदा अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको संख्या ह्वात्तै बढेको छ ।
नारायणी अस्पतालका जनरल फिजिसियन एवं पेट रोग विशेषज्ञ डा. राकेश कुमार झाले पछिल्ला दिनमा ओपिडीमा आउने आधाभन्दा बढी बिरामी भाइरल ज्वरोकै भएको बताए । ‘अस्पतालको मेडिकल ओपीडीमा दैनिक ३ सयको हाराहारीमा बिरामी जाँच भइरहेको छ, जसमा २ सय जना जति भाइरल संक्रमित बिरामी हुने गरेका छन्’, उनले भने ।चिकित्सकहरूका अनुसार यस्ता बिरामीहरूमा खासगरी ज्वरो आउने, टाउको दुख्ने, पसिना आउने, नाकबाट पानी बग्ने, मांसपेसी दुख्ने, कमजोर महसुस हुने, भोक नलाग्नेजस्ता लक्षणहरू देखिन्छन् ।
अधिकांश भाइरल ज्वरो एक दुई दिनमा आफैं हराएर जाने भए पनि कतिपयको हकमा अस्पताल जानुको विकल्प नभएको उनको भनाइ छ । झाका अनुसार, १०३ डिग्री फरेनहाइट वा त्योभन्दा माथि ज्वरो आएमा बिरामीलाई तुरुन्तै अस्पताल लैजानु पर्छ ।