समाज
२ भाद्र २०७६, सोमबार ०९:३४
552 views 0 secs 0

भोटेकोशी नदीमा पानीको बहाव बढ्दै ,बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह…

भोटेकोशी नदीमा बाढी आएपछि जिल्ला प्रशासन कार्यालयले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले भोटेकोशीदेखि त्रिशूली नदी किनारसम्मका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।भोटेकोशीको बाढीले टिमुरेस्थित भन्सार कार्यालय नजिक रसुवागढी जलविद्युत् आयोजनाले निर्माण गरेको बेलीब्रिज बगाएको छ। पानीको बहाव बढ्दै गएपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित रसुवागढी भन्सार कार्यालय परिसरमा […]

समाज, स्वास्थ्य/जीवनशैली
२ भाद्र २०७६, सोमबार ०९:०३
659 views 0 secs 0

तराई क्षेत्रका भूभागमा केही दिनदेखि डेङ्गु फैलन थाल्यो…

उदयपुर जिल्लाको तराई क्षेत्रका भूभागमा केही दिनदेखि डेङ्गु फैलन थालेको छ । केही हप्तायता आएर जिल्लाको पूर्वी क्षेत्रको बेलका चौदण्डीगढी, त्रियुगा नगरपालिकासहित जिल्लाको पश्चिमी क्षेत्रको कटारी क्षेत्रमा समेत डेङ्गु फैलन थालेको छ। जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार अहिले सबैभन्दा बढी डेङ्गु कटारी क्षेत्रमा फैलन थालेको र त्यसपछि क्रमशः त्रियुगा नगरपालिकाको गाईघाट र चौदण्डीको बेल्टार बसाहा […]

समाज
२ भाद्र २०७६, सोमबार ०८:२४
650 views 0 secs 0

मोटरसाइकल दुर्घटनामा श्रीमान् को मृत्यु ,श्रीमती घाइते…

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।मृत्यु हुनेमा भानु नगरपालिका–५ बस्ने ३९ वर्षीय सुदीपराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनामा सोही ठाउँ निवासी ३४ वर्षीय प्रेमा न्यौपाने पौडेल घाइते भएकी छन् ।सुदीपको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु […]

समाज
२ भाद्र २०७६, सोमबार ०७:५०
652 views 0 secs 0

बैशाखयता सेती नदीले सातजनाको ज्यान लियो…

आइतवार बिहान सेती नदीमा नुहाउने क्रममा डुवेर एक बालिकाको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका–४ राजपुर घर भएकी आठ बर्षीया करिश्मा नेपालीको बासुधारा भन्ने ठाउँ नजिक नुहाउने क्रममा डुवेर मृत्यु भएको हो । मामाको घर गएकी उनको शव बगेको ठाउँदेखि १ किलोमिटर तल भेटिएको डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।बैशाखयता सेती […]

समाज
१ भाद्र २०७६, आईतवार १२:३४
839 views 0 secs 0

काठमाडौंबाट २४ जना जुवाडे पक्राउ…

बुढानिलकण्ठ नगरपालिका १२ कपन बस्ने काभ्रे पाँचखाल नगरपालिका २ घर भएका ४३ वर्षीय बद्री प्रसाद सापकोटाको हाम्रो दुध डेरीभित्र जुवातास खेलिरहेको अवस्थामा सापकोटा समेत ७ जनालाई नगद १५ हजार ९ सय २० रुपैयाँ र तीन बुक ताससहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। यसैगरी बुढानिलकण्ठ नगरपालिका १० कपनस्थित खोटाङ, खोटेहाङ गाउँपालिका ५ घर भएका ३६ […]

समाज
१ भाद्र २०७६, आईतवार ११:५७
583 views 0 secs 0

गोरखामा श्रीमानले श्रीमतीको हत्या….

गोरखा नगरपालिका–९, लक्ष्मीबजारमा गएराति श्रीमानले श्रीमतीको हत्या गरेका छन् । स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय, गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए । प्रहरीका अनुसार मृतकका श्रीमान् याकुव मानसिक रोगी हुन् । हत्याका आरोपित याकुवलाई गएराति नै नियन्त्रणमा लिएर अनुसन्धान […]

समाज
१ भाद्र २०७६, आईतवार १०:३७
723 views 0 secs 0

नुवाकोटमा घाँस काट्न गएकी एक किशोरीको भीरबाट लडेर मृत्यु …

नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चलेमा घाँस काट्न गएकी एक किशोरीको शनिबार भीरबाट लडेर ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीया रचना भट्ट रहेको सोही वडाका वडाध्यक्ष नरहरि भट्टले जानकारी दिए । उनको अनुसार आमासँग घरछेउको बारीमा घाँस काट्न गएकी ती किशोरीको लडेर मृत्यु हो। उनी बौद्धिक अपाङ्गतासमेत भएकाले घटनाको समयमा हारगुहार माग्न नसक्दा लडेर […]

समाज
१ भाद्र २०७६, आईतवार १०:०२
862 views 0 secs 0

प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ…

प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले गए राति जिल्लाको छुट्टाछुटै स्थानबाट दुई युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले प्रतिबन्धित लागुऔषधसहित सिरहाको लहान नगरपालिका–१ निवासी २६ वर्षीय मनोजप्रसाद खत्वे र सिरहा नगरपालिका–१७ माडरबाट ठेगाना नखुलेका २७ वर्षीय विजयकुमार पासवानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सीमावर्ती प्रहरी चौकी हरकट्टीको गस्ती प्रहरी टोलीले खत्वेको […]

समाज
१ भाद्र २०७६, आईतवार ०८:१५
667 views 1 sec 0

धनुषाबाट १५ केजी चाँदीसहित एक भारतीय नागरिक पक्राउ…

सशस्त्र प्रहरीले धनुषाको औरही गाउँपालिका-२ देउरीबाट १५ केजी चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला प्रखण्ड जयनगर पञ्चायत-२ भेलवाचोक का २८ बषर्ीय बन्धुकुमार सिंह रहेका छन् । बरामद गरिएको चाँदीको बजारमुल्य १० लाख ९३ हजार १ सय १० रुपैयाँ मुल्यको रहेको प्रहरीले जनाएको छ ।ज.८प. ९२३५ नम्वरको मोटरसाइकलमा भारततर्फ […]

समाज
१ भाद्र २०७६, आईतवार ०७:४४
518 views 1 sec 0

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा बारा प्रहरीले ३ जनालाई पक्राउ…

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा बारा प्रहरीले ३ जनालाई शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रसौनी गाउापालिका-५ का ४५ वर्षीय शम्भुप्रसाद साह, वडा-६ का २६ वर्षीय मुरारी कुशवाहा र कलैया उपमहानगरपालिका-१६ का २४ वर्षीय छोटेलाल पटेल रहेको बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।भारतबाट अवैध रुपमा कस्टमेटिक तथा कपडा लगायतका सामान भित्र्याउने […]