समाज
५ आश्विन २०७६, आईतवार १७:२०
581 views 0 secs 0

अरिङगालको टोकाइबाट गुल्मीमा एक बालकको मृत्यु …

अरिङगालको टोकाइबाट गुल्मीमा एक बालकको मृत्यु भएको छ। गुल्मी जिल्लाको रुरु गाउँपालिका १ रिडीका १२ वर्षीय पवन अधिकारीको अरिङगालको टोकाइबाट मृत्यु भएको हो। आइतबार बिहान विद्यालय गएका पवनलाई विद्यालयबाट घर फर्किने क्रममा अरिङगालले टोकेको थियो। रुखमा रहेको अरिङगालको गोलोलाई बांदरले जिस्काएपछि बाटोमा हिँडेका बालकलाई टोकेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी […]

समाज
५ आश्विन २०७६, आईतवार १५:४७
660 views 0 secs 0

पत्थरीको अपरेसन गर्दा ओम अस्पतालमा बिरामीको मृत्यु,आफन्तले अस्पतालमा प्रदर्शन…

मिर्गौलामा रहेको पत्थरीको अपरेसन गर्दा ओम अस्पतालमा बिरामीको मृत्यु भएको छ। शुक्रबार भर्ना गरिएकी धादिङकी २९ वर्षीया अनिता गुरुङको अपरेसनपछि आइतबार बिहान मृत्यु भएको हो। अनिताको मृत्युपछि आफन्तले अस्पतालमा प्रदर्शन गरेका छन्। उपचारमा लापरबाही भएको भन्दै आफन्तले प्रदर्शन गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

समाज
५ आश्विन २०७६, आईतवार १५:४१
598 views 1 sec 0

मदिरा सेवन गराएर बलात्कार गरेको आरोपमा चार जना युवालाई पक्राउ…

मदिरा सेवन गराएर सामूहिक बलात्कार गरेको आरोपमा मोरङ प्रहरीले चार जना युवालाई पक्राउ गरेको छ। मोरङ सुन्दरहरैंचा नगरपालिका-१ की १७ वर्षीया किशोरीलाई शनिबार राति सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जना युवालाई आइतबार बिहान पक्राउ गरेको हो। मोरङका प्रहरी उपरीक्षक विश्व पोखरेलका अनुसार पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका-५ का २० वर्षीय सुरेश थानदार, २५ वर्षीय कमल […]

समाज
५ आश्विन २०७६, आईतवार १४:२६
595 views 0 secs 0

चोरीका तीन मोटरसाइकलसहित पक्राउ…

भक्तपुरका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोहलाई चोरीका तीन मोटरसाइकलसहित थिमिस्थित महानगरीय प्रहरी वृत्तले पक्राउ गरेको छ । सो अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का २५ वर्षीय अर्बिन तामाङ, बेलफी गाउँपालिका–३ का प्रकाशबहादुर तामाङ, सोही ठाउँका २५ वर्षीय रामबहादुर तामाङ, सुनकोशी गाउँपालिका–७ का २४ वर्षीय विजय नेपाल पक्राउ परेका उक्त बृत्तका प्रहरी नायब उपरीक्षक […]

समाज
५ आश्विन २०७६, आईतवार १४:०१
799 views 0 secs 0

म्याग्दीको बगर फाँटमा बाढीले बगाउँदा दुई बालिका बेपत्ता…

म्याग्दीको बेनी नगरपालिका-३ स्थित बगर फाँटमा बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन्। शनिबार राति १० बजे खहरे खोला पुरेपछि खोलाले धार परिवर्तन गर्दा दुई जना बालिकालाई बगाएको हो। घरबाट निस्केर भाग्ने क्रममा उनीहरूलाई बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बेपत्ता हुनेमा ६ वर्षकी अनुष्का परियार र १० वर्षकी प्रविना परियार रहेको म्याग्दी जिल्ला प्रहरी […]

समाज
५ आश्विन २०७६, आईतवार १२:१२
546 views 0 secs 0

चार किलो अफिमसहित प्रहरीले नेपालगञ्जबाट तीन जनालाई पक्राउ…

चार किलो अफिमसहित प्रहरीले नेपालगञ्जबाट तीन जनालाई पक्राउ गरेको छ । प्रदेश नं ५ प्रहरी ब्यूरोको टोलीले नेपालगञ्जको न्यूरोडस्थित कान्तिपुर गेष्टहाउसबाट उनीहरुलाई पक्राउ गरेको हो । ब्यूरोका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीका अनुसार पक्राउ पर्नेमा जाजरकोटको डाँडागाउँका २८ वर्षीय बालकृष्ण थापा, २६ वर्षीय डम्बर थापा र रोल्पाको थवाङ गाउँपालिकाका २७ वर्षीय दुख रोकाय रहेका छन् । […]

समाज
५ आश्विन २०७६, आईतवार १२:०५
763 views 0 secs 0

छुट्टाछुट्टै दुई ठाउँमा जुवा खेलिरहेको अवस्थामा छापा मार्दा १४ जनालाई पक्राउ…

नेपाल प्रहरीले ९७ हजार रूपैयाँ नगदसहित १४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले शनिबार साँझ गोङ्गबुको छुट्टाछुट्टै दुई ठाउँमा जुवा खेलिरहेको अवस्थामा छापा मार्दा उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले टोखा नगरपालिका–९ म्याग्दीचोकस्थित प्रेम गौचनको घरमा रु ८७ हजारसहित नौ जनालाई र […]

समाज
५ आश्विन २०७६, आईतवार ११:५८
833 views 0 secs 0

कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ…

सर्लाही प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–५ मेजरगञ्ज का ३० वर्षीय राजेश महतो र ४० वर्षीय सोनालाल ठाकुर छन्। लालबन्दीबाट खटिएको प्रहरी टोलीले जब्दीबाट लालबन्दीतर्फ जाँदै गरेको ना ६ प २३९२ र बिआर ०६ एजे ०८०६ भारतीय नम्बरको मोटरसाइकल जाँच गर्दा दुबै जना एक थान कटुवा पेस्तोलसहित पक्राउ परेको […]

Uncategorized, समाज
५ आश्विन २०७६, आईतवार ११:५४
846 views 0 secs 0

मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु,एक घाइते…

सदरमुकाम मलङ्गवामा आज भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएकाे छ। एक जना घाइते भएका छन्। मलङ्गवा–२ स्थित पब्लिक स्कूल माविको बाटो हुँदै गोरखकाली प्रहरी चौकी जाने सडकमा तीव्रगतिमा गुडिरहेको बिआर ३० यु ४११२ नंको भारतीय मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मलङ्गवा नगरपालिका–३ का २४ वर्षीय अजय राउतको मृत्यु भएको हो। मोटरसाइकल चालक सोही ठाउँका […]

समाज
५ आश्विन २०७६, आईतवार ११:४४
849 views 0 secs 0

दोलखामा जेसिबीको ठक्करबाट एक बालकको मृत्यु…

दोलखाको बिगु गाउँपालिका–८ चिलङ्खामा जेसिबीको ठक्करबाट एक बालकको ज्यान गएको छ। बिगु गाउँपालिका–८ चिलङ्खास्थित झोरुङसोरुङ सावा सडकखण्डको बाटो मर्मत गर्ने क्रममा शनिबार ४ बजे ठक्कर दिँदा रोजन खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। बिगु गाउँपालिका–५ चिलङ्खा घर भई सोरुङमा व्यवसाय गरी बसेका रमेश खड्काका चार वर्षीय छोरा रोजन खड्कालाई जेसिबीले ठकर दिएको […]