देश, राजनीति, समाज
२४ मंसिर २०७४, आईतवार ११:०८
650 views 3 secs 0

भक्तपुर २ बाट महेश बस्नेत दाेब्बर मतले निर्वाचित

मंसिर २४, २०७४-भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले उम्मेदवार महेश बस्नेत विजयी भएका छन् । उनले कांग्रेसका दमननाथ ढुंगानालाई दाेब्बर मतले पराजित गरेका हुन् ।  बस्नेतले ३६ हजार ४ सय १२ मत पाए भने कांग्रेस उम्मेदवार ढुंगानाले १८ हजार ६ सय ७५ मत पाए । उक्त क्षेत्रमा उम्मेदवार बनेकी नेपाल मजदुर किसान पार्टीकी नेतृ […]

देश, राजनीति, समाज
२४ मंसिर २०७४, आईतवार ११:०४
527 views 3 secs 0

नयाँ ‘घेराबन्दी’ मा देउवा

संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोलाई सही दिशामा डोर्‍याउँदै संक्रमणकाल अन्त्य गर्ने जिम्मेवारीमा सफल देउवा पार्टीलाई जीवन्तता दिने नयाँ चुनौतीसामु छन् । मंसिर २४, २०७४-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारले वैशाख ३१ मा स्थानीय तह पहिलो चरणको निर्वाचन सम्पन्न गराएर कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ताको बागडोर हस्तान्तरण गरे । जेठ ३१ मा दोस्रो चरणको स्थानीय तहको […]

देश, राजनीति, समाज
२४ मंसिर २०७४, आईतवार ११:०१
530 views 3 secs 0

कमल थापालाई हराउँदै कृष्ण दाहालको ह्याट्रिक

मंसिर २४, २०७४-मकवानपुर क्षेत्र नम्बर १ बाट कमल थापालाई हराउँदै एमाले उम्मेदवार कृष्ण दाहाल चिर्वाचित भएका छन् । दाहालको मकवानपुरबाट यो तेस्रो जित हो ।  अन्तिम निर्वाचन परिणामअनुसार दाहालले ४० हजार ६ सय ३० मत पाएका छन् भने थापाले ३४ हजार ५ सय ५८ मत पाएका छन् । उपप्रधान तथा ऊर्जा मन्त्री थापा अन्तिम पटक […]

देश, राजनीति, समाज
२४ मंसिर २०७४, आईतवार १०:५५
617 views 4 secs 0

समानुपातिकमा पनि एमाले अगाडि, प्रदेश २ मा मात्रै कांग्रेसको अग्रता

मंसिर २४, २०७४-निर्वाचन आयोगले सुरु गरेको समानुपातिकको मतगणनामा एमालेले अग्रता लिएको छ । एमालेले कांग्रेसले भन्दा करिव ४ हजार मत बढी ल्याएको हो । माओवादी केन्द्र तेस्रो स्थानमा छ । त्यसैगरी प्रदेश १, ३ र ४ र ६ र ७ मा पनि एमाले अघि देखिएको छ भने प्रदेश २ मा कांग्रेसको बढी मत छ । […]

देश, राजनीति, समाज
२४ मंसिर २०७४, आईतवार १०:५३
522 views 2 secs 0

प्रधानमन्त्री देउवा छैटौं पटक गृहजिल्लाबाट विजयी

मंसिर २४, २०७४-नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा छैटौं पटक गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य पदमा फराकिलो मतान्तरमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी वाम गठवन्धनका माओवादी केन्द्रका खगराज भट्टलाई ६ हजार ६ सय ८६ मतअन्तरमा पराजित गरेका छन । देउवाले २८ हजार ४४ मत प्राप्त गरेको छन् । उनका निकटतम प्रतिद्वन्द्वी भट्टले २१ […]

देश, राजनीति, समाज
२४ मंसिर २०७४, आईतवार १०:५०
607 views 4 secs 0

कांग्रेसका हस्तीहरू नै पराजित, केही शीर्षनेता हारको संघारमा

विश्लेषक भन्छन्– ‘७० कटेका नेताहरुले पार्टी हाँक्न सक्दैनन्, नेतृत्व हस्तान्तरण गर्नुपर्छ’ मंसिर २४, २०७४-कांग्रेसका थुप्रै केन्द्रीय हस्तीहरूले चुनावमा पराजय व्यहोर्नुपरेको छ । केन्द्रीय नेताहरू शेखर कोइराला, महेश आचार्य, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, नवीन्द्रराज जोशीलगायत पराजित भइसकेका छन् भने अन्य केही हारको नजिक पुगेका छन् । शनिबार रातिसम्मको मतपरिणामअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत […]

देश, राजनीति, समाज
२४ मंसिर २०७४, आईतवार १०:४९
662 views 4 secs 0

चुनावमा छेलिएका मुद्दा

सरकार स्थिर बन्नु मुख्य कुरा होइन, त्यसले स्थिर राजनीति निर्माण गर्नुचाहिँ महत्त्वको चिज हो । मंसिर २३, २०७४-उल्लास र त्रासको बीचबाट निर्वाचन सम्पन्न भयो । अबका केही दिन जित्नेको हर्षबढाइँ र हार्नेको विस्मातका बीचबाट मुलुकको राजनीति अघि बढ्ने अनुमान गर्न कठिन छैन । चुनाव हुनुलाई नै संविधान कार्यान्वयन र राजनीतिक संक्रमणको अन्त्य ठान्नेका लागि मुलुक […]

देश, राजनीति, समाज
२४ मंसिर २०७४, आईतवार १०:४७
552 views 4 secs 0

निभेको मैनबत्ती

घृणात्मक अभिव्यक्तिलाई अभिव्यक्ति स्वतन्त्रताका रूपमा चित्रित गर्दै विखण्डनलाई मानव अधिकारको कित्तामा पार्ने नियतले थालिएको अभियानको पुर्जा बन्यो– एमनेस्टी मंसिर २४, २०७४-सन् १९४८ डिसेम्बर १० का दिन संयुक्त राष्ट्रसंघ महासभाले मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो । त्यही दिन अर्थात् १० डिसेम्बरलाई मानव अधिकार दिवसका रूपमा विश्वभरि मनाइन्छ । त्यसपछिका ६९ वर्षमा राष्ट्रसंघकै पहलमा मानव […]

देश, राजनीति, समाज
२४ मंसिर २०७४, आईतवार १०:४६
527 views 4 secs 0

जनादेश : २०७४

मंसिर २४, २०७४-प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रत्यक्ष र समानुपातिक प्रणाली दुवैको अन्तिम मत परिणाम सार्वजनिक हुन अझै केही दिन लाग्नेछ तर अहिले सार्वजनिक भइरहेको मतपरिणामको प्रवृत्तिले भने केन्द्र र अधिकांश प्रदेशमा एमाले–माओवादी सम्मिलित वाम गठबन्धनले स्पष्ट बहुमतका साथ सरकार बनाउने देखाएको छ । चुनावको सम्मुख बनेको यो गठबन्धनको […]

देश, राजनीति, समाज
२४ मंसिर २०७४, आईतवार १०:४५
699 views 4 secs 0

मतदाताको रोजाइ, प्राथमिकता र सन्देश

एमाले–माओवादीका अगाडि अबको प्रमुख दायित्व यो परिणामको सम्मानजनक व्यवस्थापन गर्नु हो । मंसिर २४, २०७४-प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने अर्थात् प्रत्यक्षतर्फको अहिलेसम्मको निर्वाचन परिणाम हेर्दा वाम गठबन्धनका रूपमा चर्चित नेकपा (एमाले) र नेकपा (माओवादीकेन्द्र) को संयुक्त गठबन्धन प्रदेश–२ बाहेक सबै प्रदेश र संघीय संसद्मा सुविधाजनक बहुमततर्फ लम्केको छ । यद्यपि समानुपातिकतर्फको समेत परिणाम […]