देश
२३ भाद्र २०७६, सोमबार १६:४१
1745 views 0 secs 0

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा सडक लाईटको व्यवस्थापन गर्ने योजना…

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा सडक लाईटको व्यवस्थापन गर्ने योजना अघि सारेको छ। महाशाखाका नवनियुक्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले काठमाडौं उपत्यकाको सडकको लाईट व्यवस्थापनको कामलाई आफूले उच्च प्राथमिकता दिने बताएका हुन्। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सडक व्यवस्थापनका लागि प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा आफ्नो मुख्य जोड रहने कार्ययोजना पनि सार्वजनिक गरे। नवनियुक्त […]

देश
२३ भाद्र २०७६, सोमबार १२:०२
466 views 0 secs 0

डेंगुको संक्रमणबाट अहिलेसम्म ४ जनाको मृत्यु ,सबैभन्दा बढी प्रदेश ३ मा करीब ११ सय जनामा डेंगुको संक्रमण…

डेंगुको संक्रमणबाट अहिलेसम्म ४ जनाको मृत्यु भएको सरकारले जनाएको छ । देशभर डेंगुको प्रकोप फैलिएको समाचार आइरहेका बेला सरकारले भने डेंगुकै कारण मृत्यु भएको आधिकारिक संख्या चार मात्र रहेको बताएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट प्राप्त आधिकारिक जानकारी अनुसार चार जनाको निधन भएको बताए । यद्यपि, […]

देश, समाज
२२ भाद्र २०७६, आईतवार ११:१०
901 views 0 secs 0

तराई क्षेत्रमा बढ्दो मात्रामा देखिने डेङ्गु पछिल्लो समय दार्चुला जिल्लामा पनि डेङ्गुको जोखिम…

तराई क्षेत्रमा बढ्दो मात्रामा देखिने डेङ्गु पछिल्लो समय दार्चुला जिल्लामा पनि फैलिन थालेको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग गत साउनयता चार जनामा देखापरेको जिल्ला अस्पतालले जनाएको छ। डेङ्गुका कारण चार जना बिरामी अस्पताल आएकामा तीन जनालाई थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको छ । जिल्ला अस्पताल दार्चुलाका सिनियर […]

देश, विश्व
२२ भाद्र २०७६, आईतवार ११:०१
1024 views 0 secs 0

चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल भ्रमणमा आउँदै…

चिनियाँ विदेशमन्त्री वाङ यी आज (आइतबार) नेपाल भ्रमणमा आउँदै छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा चिनियाँ समकक्षी वाङ नेपालको तीन दिने औंपचारिक भ्रमणमा आउन लागेका हुन्। भ्रमणका क्रममा उनले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग पनि शिष्टाचार भेटवार्ता गर्नेछन् । भेटमा दुई मुलुकका परराष्ट्रमन्त्री स्तरीय प्रतिनिधिमण्डलसँग द्धिपक्षीय हितका […]

देश, समाज
२२ भाद्र २०७६, आईतवार १०:२८
665 views 0 secs 0

दुई बर्षपछि बढाएको दूधको नयाँ मूल्य शनिबारबाट लागू , दूधको मूल्य बढ्दा किसान खुसी…

झण्डै दुई बर्षपछि बढाएको दूधको नयाँ मूल्य शनिबारबाट लागू भएको छ । सरकारको निर्देशनमा दुग्ध विकास संस्था (डीडीसी)ले दूध मूल्य लिटरमा ६ रुपैयाँ बढाएको छ, जस मध्ये ४ रुपैयाँ १६ पैसा किसानले पाउँछन् । पश्चिम चितवनको चोकबजार र गीतानगर क्षेत्रमा दुग्ध किसानले दूधको मूल्य बढ्दा थोरै भए पनि राहात पाएको बताए । शनिबार बिहानै अन्नपूर्ण […]

देश
२१ भाद्र २०७६, शनिबार १६:४०
1246 views 0 secs 0

नेपालमा सबैभन्दा धेरै प्रयोगकर्ता भएको नेपाल टेलिकम आज बन्द हुन सक्ने…

नेपालमा सबैभन्दा धेरै प्रयोगकर्ता भएको नेपाल टेलिकम आज बन्द हुन सक्ने बताइएको छ । टेलिकमको फोरजी–एलटिई सेवा अपग्रेड गर्ने भएको हुँदा यस्तो समस्या आउँन सक्ने बताइएको छ । आज राति ११ः३० बजेदेखि अपग्रेडको काम सुरू हुने भएकोले त्यस समयमा मोवाइल सेवा प्रयोगमा कठीनाइ आउनसक्ने जानकारी दिइएको हो । मोवाइल सेवा अबरूद्ध हुन पुगे मोवाइल स्वीच […]

देश
२१ भाद्र २०७६, शनिबार १४:४३
508 views 0 secs 0

आज देशभर आंशिकदेखि सामान्य, हल्कादेखि मध्यम वर्षाको सम्भावना…

मनसुनी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी न्यूनचापीय रेखा औसत स्थान आसपासमै रहेकाले बदलीसँगै वर्षा भइरहेको मौसमविद् मञ्जु बासीले बताए। उक्त न्यूनचापीय रेखा तलतिर सर्ने क्रम जारी रहेकाले अबका केही दिन मनसुन सक्रिय […]

देश, समाज
२१ भाद्र २०७६, शनिबार १२:१७
464 views 0 secs 0

सुर्खेतमा भएको गौहत्या प्रकरणमा थप दुई जना पक्राउ…

सुर्खेतमा भएको गौहत्या प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । सुर्खेत प्रहरीले गौहत्याको घटनामा संलग्न रहेको भन्दै प्रहरी निरीक्षक सहित दुईजनालाई पक्राउ गरेको हो । बाँके प्रहरीको सहयोगमा उनीहरुलाई नेपालगञ्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार नेपालगञ्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य बोगटी र चितवन ट्रान्सपोर्टका सञ्चालक विक्की […]

देश
२१ भाद्र २०७६, शनिबार १२:०४
704 views 0 secs 0

उपत्यकाभित्र डेङ्गु रोगको प्रकोप बढ्न थालेपछि टेकु अस्पतालमा चाप बढेपछि वीर अस्पतालमा डेङ्गु रोगको परीक्षण शुरु

काठमाडौं उपत्यकाभित्र डेङ्गु रोगको प्रकोप बढ्न थालेपछि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले सो रोगको सेवा शुक्रबार शुरुआत गरेको छ । डेङ्गु रोग परीक्षण गर्ने कीट अस्पतालले आफै खरीद गरी अस्पतालमा आउने बिरामीलाई सो सेवा दिन थालेको अस्पतालका निर्देशक प्रा डा केदार सेञ्जुरीले जानकारी दिए। डेङ्गु परीक्षण एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग […]

देश
२१ भाद्र २०७६, शनिबार ११:२३
506 views 0 secs 0

पहाडबाट तराई र दुर्गमबाट सुगमतिर हुने बसाइँसराइले पुराना गाउँबस्ती निर्जन बन्दै…

पहाडबाट तराई र दुर्गमबाट सुगमतिर हुने बसाइँसराइले पुराना गाउँबस्ती निर्जन बन्दै गएका छन् । दूरदराजका गाउँठाउँमा भौतिक विकास र अवसरको सम्भावना कम हुँदा मानिहरु आफ्नो पुर्ख्यौली थातथलो त्यागेर धमाधम सुगमतिर बसाइँ सरिरहेका छन् । मुलुकले अपनाएको संघीय शासन प्रणालीले यस्तो बसाइँसराइ रोक्ने कुनै छेकछन्द देखाएको छैन । बसाइँसराइले खास गरेर पहाडी कन्दराका गाउँघरलाई मानवविहीन बनाउँदै […]