देश, समाज
१ आश्विन २०७६, बुधबार १५:१६
589 views 0 secs 0

अविरल वर्षाका कारण पहिरोले पुरिएर बालकको मृत्यु…

अविरल वर्षाका कारण आज बिहान पहिरो गई काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ फेदीस्थित दोभानमा रहेको पसल पुरिँदा एक बालकको मृत्यु भएको छ । बिहान ६ बजे पसलमाथिबाट पहिरो खस्दा पुरिएर मण्डन देउपुर नपा–११ जैसिथोकका तेजबहादुर तामाङका चार वर्षीय छोरा दिपेशको मृत्यु भएको हो । बालकको बुबा बाहिर निस्केको र आमा शौचालय गएको बेला पहिरो खसेर पसल पुरिएको […]

देश
१ आश्विन २०७६, बुधबार १४:२१
578 views 0 secs 0

थापाथलीस्थित अस्पतालको हाताभित्र रहेको अक्सिजन प्लान्टमा विस्फोट…

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको हाताभित्र रहेको अक्सिजन प्लान्टमा विस्फोट भएको छ । उक्त विस्फोटनमा परी दुई प्राविधिक घाइते भएका छन् । प्लान्ट मर्मत गरिरहेको अवस्थामा विस्फोटन भएको अस्पतालका निर्देशक प्रा डा जागेश्वर गौतमले जानकारी दिए । घाइतेको नाम अस्पतालले सार्वजनिक गरेको छैन । हाल दुवै जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

देश, समाज
१ आश्विन २०७६, बुधबार १३:३०
542 views 0 secs 0

मेरापिक क्षेत्रमा लेक लागेर एक पर्यटकको मृत्यु…

मेरापिक क्षेत्रमा लेक लागेर आज एक पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ३३ वर्षीय गोविन्द लखमान रहेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिएका छन् । लेक लागेर बिरामी भई अलपत्र परेका सात विदेशी तथा एक नेपालीको उद्धार गरिएको छ । उनीहरुलाई हेलिकप्टरमा उद्धार गरी काठमाडौँ पठाइएको हो । केही दिनयता लगातार […]

देश, समाज
१ आश्विन २०७६, बुधबार १३:२०
769 views 2 secs 0

कर्तव्य ज्यान मुद्दामा फरार सुनारलाई घटना गराएको १७ वर्षपछि प्रहरीले पक्राउ…

कर्तव्य ज्यान मुद्दामा फरार चितवन राप्ति नगरपालिका-७ बस्ने नुवाकोट ककनी गाउँपालिका-५ घर भएका ५८ वर्षीय भरत सुनारलाई घटना गराएको १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न रही फरार रहेका सुनारको खोजी गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जबाट खटिएको प्रहरीले उनलाई चितवन राप्ती नगरपालिका-७ भवानी बजारबाट मंगलबार पक्राउ गरेको हो। २०५९ पुस २१ गते नुवाकोट […]

देश
१ आश्विन २०७६, बुधबार ११:५९
558 views 0 secs 0

अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा क्षति…

अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा क्षति भएको छ भने ग्रामीण भेगमा यातयात आवतजावतमा समस्या भएको छ। बर्षाले कच्ची सडक हिलाम्य हुँदा यातयात सञ्चानलमा समस्या भएको हो। यसैबीच वर्षाकै कारण जिल्लाको आमचोक गाउँपालिका–४ मा एउटा घर भत्किएको छ। स्थानीय तिलकबहादुर कार्कीको दुईतले घर भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घर भत्किँदा मानवीय क्षति नभए पनि […]

देश, समाज
१ आश्विन २०७६, बुधबार ११:३५
838 views 0 secs 0

अविरल वर्षाका कारण अरनिको राजमार्ग दोलालघाट बजार आसपासमा पहिराले यातायात ठप्प…

अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिकाको ५४ किलो र भुम्लु गाउँपालिकाको दोलालघाट बजार आसपासमा पहिराले यातायात ठप्प भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकाटोका अनुसार भुम्लु गाउँपालिका–१० दोलालघाट बजार नजिकै गएराति पहिराका कारण सडक भत्किएपछि यातायात बन्द भएको हो। “त्यो लगायतका अरु ठाउँ–ठाउँमा पहिराका कारण सडक भत्किएको र भासिएको छ”, […]

देश
१ आश्विन २०७६, बुधबार १०:२६
526 views 0 secs 0

देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित वर्षा…

बुधबार पनि दिनभर पानी पर्ने मौसमविदले बताएका छन् । काठमाडौं उपत्यकामा बुधबार पनि दिनभर बादल लाग्ने र पानी पर्ने पूर्वानुमान छ । मौसमविद मञ्जु बासीले भनिन्, ‘काठमाडौं उपत्मायकामा आज पनि घाम लाग्ने सम्भावना छैन । दिनभरि नै पानी पर्छ । कुनै ठाउँमा केही क्षण रोकिए पनि एकछिनपछि फेरि पानी पर्ने छ ।’ बुधबार देशका मध्य […]

देश, समाज
३० भाद्र २०७६, सोमबार १७:३५
800 views 0 secs 0

तीन महीनाअघि देखा परेको डेङ्गु रोग झापामा अझै नियन्त्रणमा आउन सकेन…

तीन महीनाअघि देखा परेको डेङ्गु रोग झापामा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय पालिकालेसमेत प्रभावकारी काम गर्न नसक्दा डेङ्गु रोग नियन्त्रणमा आउन नसकेको हो। जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा अहिले पनि डेङ्गुका रोगी ५०० भन्दाबढी छन् । उनीहरुको झापाका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कुलबहादुर […]

देश, समाज
३० भाद्र २०७६, सोमबार ११:३०
563 views 0 secs 0

कमलाबारीमा भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते…

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस सोमबार बिहान अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको र […]

देश
२९ भाद्र २०७६, आईतवार १७:०६
607 views 0 secs 0

घरबेटीलाई कुलमानको चेतावनी…

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घरबेटीहरुलाई बहालमा बस्नेसँग विद्युत्‌को बढी शुल्क नलिन चेतावनी दिएका छन् । प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको तीन वर्ष पुगेको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा घरबेटीहरुले बहालमा बस्नेसँग प्रतिनियुनिट शुल्क बढी लिने गरेको गुनासो आएपछि घिसिङले यस्तो टिप्पणी गरेका हुन् । ‘घरबेटीले विद्युत्‌को व्यापार गर्न मिल्दैन,’ उनले भने, ‘लिएको […]