देश, समाज
४ मंसिर २०७४, सोमबार १०:५४
880 views 0 secs 0

गुप्तेश्वर गुफामा पुजारीको शंकास्पद मृत्यु

कुश्मा : पर्वत जिल्लाको सदरमुकाम कुश्माबजार नजिकै रहेको प्रसिद्ध धार्मिक स्थल गुप्तेश्वर गुफाका सहायक पुजारीको शंस्कास्पद मृत्यु भएको छ । जिल्लाको जलजला गाउँपालिकाको लेकफाँट घर भएका अन्दाजी ५० वर्षीय गिरीधारी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार उनको शव गुफा परिसरमा भेटिएको हो । शर्माको मृत्युको […]

देश, राजनीति, समाज
४ मंसिर २०७४, सोमबार १०:३४
877 views 1 sec 0

झक्कु सुवेदी प्रचारमा, छोरालाई हिरासत

  मंसिर ४, २०७४-काठमाडौं क्षेत्र ६ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदी मतदातासित भोट माग्न व्यस्त छन् । उनका छोरा सन्तोष भने रोल्पास्थित जिल्ला प्रहरीको हिरासतमा छन् । बाबु र छोराबीच संवाद हुन पाएको छैन । छोरा पक्राउबारे बाबुले अहिलेसम्म सोधखोज गरेका छैनन् । पूर्वसांसदले छोरालाई न फोन गरेका छन्, न त […]

देश, राजनीति, समाज
४ मंसिर २०७४, सोमबार ०९:३१
798 views 5 secs 0

निर्वाचन विरोधी घटना : सीमा सुरक्षामा मुख्य चुनौती

      काठमाडौं : निर्वाचन सुरक्षालाई लिएर बसेको बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवाले प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई सोधेका थिए, ‘दैनिक विस्फोट गराउने बम कहाँबाट आइरहेको छ ? अर्यालले सहजै जफाव दिए, ‘खुला सिमाना छ हजुर । उतै (भारत) बाट आएका हुन् ।’ मुलुकको कार्यकारी प्रमुख र सुरक्षा निकायका प्रमुखबीच भएको यो संवादले बम […]

देश, राजनीति
४ मंसिर २०७४, सोमबार ०९:१५
734 views 2 secs 0

काठमाडौं ९ मा साख र ह्याट्रिकको चर्चा

      काठमाडौं : ०६४ सालको पहिलो संविधानसभा निर्वाचनपूर्व काठमाडौंको लालकिल्लाका रूपमा चिनिएको क्षेत्र नम्बर ९ मा कांग्रेस जितमा ह्याट्रिक गर्ने दाउमा छ भने वाम गठबन्धन लालकिल्लाको साख फर्काउने प्रयासमा छ । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका ध्यानगोविन्द रञ्जित यही क्षेत्रबाट निर्वाचित भएका थिए । रञ्जितसँग दुवै पटक पराजित एमालेका कृष्णगोपाल श्रेष्ठ वाम गठबन्धनको […]

देश, राजनीति
४ मंसिर २०७४, सोमबार ०८:५५
806 views 0 secs 0

बारामा कांग्रेस उम्मेदवारको गाडीमा बम विस्फोट

बारा : नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ४ (क) का प्रदेशसभा उम्मेदवार ओमकृष्ण कार्कीको चुनावी प्रचारमा रहेको बा १४ च ६३३० नम्बरको गाडीमा बम विस्फोट भएको छ । जितपुरसिमरा उपमहानगरपालिका १ सिमरास्थित गाडी चालक राधाकृष्ण ठकुरीको घरमा रोकिरहेको अवस्थामा सोमबार बिहान ५.३० बजे प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट गाडीमा क्षति पुगेको […]

देश, राजनीति
४ मंसिर २०७४, सोमबार ०८:४७
801 views 1 sec 0

आवश्यक परे हतियारसहित उत्रन्छौं’

काठमाडौं : नेपाली सेनाले मुलुकभर भएका निर्वाचनविरोधी गतिविधिप्रति पूर्ण सचेत रहेको जनाउँदै आवश्यक परे सशक्त ढंगले अन्तिम शक्तिका रूपमा परिचालित हुने बताएको छ ।आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने अभिप्रायले मुलुकभर गराइएका विस्फोटका घटनाप्रति गम्भीर बनेको उसले जनाएको छ । उम्मेदवार र मतदातालक्षित विस्फोटका घटना बढ्न थालेपछि सेनाले पहिलोपटक धारणा सार्वजनिक गरेको हो । सेनाले […]

देश, राजनीति
४ मंसिर २०७४, सोमबार ०१:१७
874 views 0 secs 0

विप्लवका पाँच कार्यकर्ता पक्राउ

बैतडी : बैतडीमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेकपाका कार्यकर्ताहरुले चुनाव विरोधी गतिविधि गर्न सक्ने भन्दै उनीहरुलाई जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए। नेकपा कार्यकर्ताहरुलाई पाटन, पुरचौंडी र सित्तडबाट नियन्त्रणमा लिइएको हो। ‘देशका विभिन्न ठाउँमा नेकपा कार्यकर्ताहरुले चुनाव विरोधी गतिविधि गरिरहेका […]

देश, राजनीति
३ मंसिर २०७४, आईतवार २०:२७
772 views 4 secs 0

एक भोटको खर्च पाँच हजार !

काठमाडौं : हालै सम्पन्न स्थानीय तह निर्वाचनमा एउटा भोट बराबर करिब पाँच हजार रुपैया खर्च भएको छ। त्यसमध्ये करिब तीन हजार छ सय १३ रुपैया उम्मेद्वार र उनका समर्थकले खर्च गरेका छन् भने प्रतिभोट एक हजार तीन सय नौ रुपैयाँ सरकारी ढुकुटीबाट खर्च भएको छ। स्थानीय निर्वाचनमा जम्मा ६९ अर्ब ४२ करोड रुपैयाँ खर्च भएको […]

देश
३ मंसिर २०७४, आईतवार २०:०६
1074 views 1 sec 0

प्रचण्डले दिए छोरालार्इ दागबत्ती

काठमाडौं: अाइतबार निधन भएका आफ्ना छोरा प्रकाश दाहालको पार्थिव शरीरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दागबत्ती दिएका छन्। प्रकाशको अपरान्ह पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हाे। प्रकाशका छोराको ब्रतबन्ध नगरेका कारण बुबा प्रचण्डले नै दागबत्ती दिएका हुन्। हृदयाघातबाट प्रकाशको अाइतबार बिहान निधन भएको थियो। अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लानुअघि उनको पार्थिव शरीर माओवादी केन्द्रको […]

देश
३ मंसिर २०७४, आईतवार १९:४९
726 views 0 secs 0

पेरिसडाँडामा प्रकाशलाई श्रद्धाञ्जली

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा एवम् पार्टी केन्द्रीय सदस्य प्रकाश दाहालको पार्थिव शरीर अहिले श्रद्धाञ्जलिका लागि पार्टी मुख्यालय पेरिसडाँडामा राखिएको छ। पार्टी मुख्यालयमै पुगेका पार्टी अध्यक्ष प्रचण्डले छोराको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन्। भावविह्वल अवस्थामा पार्टी मुख्यालय पुगेका प्रचण्डले छोरालाई श्रद्धाञ्जली दिएका हुन्। प्रकाशलाई श्रद्धाञ्जली दिन पार्टी मुख्यालयमा […]