देश, राजनीति, समाज
१० मंसिर २०७४, आईतवार १०:३१
593 views 0 secs 0

रोल्पामा दर्जन बढी बम विस्फोट

  रोल्पा : रोल्पामा दर्जन भन्दा बढी स्थानमा बम विष्फोट भएका छन्। मतदातालाई तर्साउन बम विष्फोट गराइएको बताइएको छ । थबाङमा राती तीन पटक र बिहान तीन ठाउँमा विष्फोट भएको छ । त्यसैगरी उवा, ब्याङखोला, जिनाबाङ, घोप्टेओढार, झेनाम, इरिबाङ लगायतका स्थानम विष्फोट भएका छन्। जिनाबाङमा मतदाता स्थलदेखि तीन सय मिटर नजिक बम विष्फोट गराइको छ […]

देश, राजनीति, समाज
१० मंसिर २०७४, आईतवार १०:२९
778 views 0 secs 0

दलका प्रतिनिधि नआउँदा मतदान सुरु हुन सकेन

हुम्ला : हुम्लाका सात मतदान केन्द्रमा मतदान सुरु हुन सकेको छैन। ५२ मतदान केन्द्र रहेको हुम्लाका ७ मतदान केन्द्रमा मतदान सुरु हुन नसकेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए। अदानचुली गाउँपालिका १ स्थित जनकल्याण आधारभूत विद्यालय केन्द्र र नाम्खा गाउँपालिका ४ स्थिति हिमालय आधारभूत विद्यालय केन्द्रमा मतदान सुरु हुन सकेको छैन। जनकल्याण आधारभूत विद्यालय […]

देश, समाज
९ मंसिर २०७४, शनिबार १५:१६
732 views 0 secs 0

ट्र्याक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु, १५ जना घाइते

गौशाला । महोत्तरी जिल्लाको बलवा नगरपालिका–७ मा गएराति एक ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको महोत्तरी गाउँपालिका–५ बस्ने २० वर्षीय जयकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गएराति करिब ८ बजेतिर जिल्लाको पडौल–रौजा सडकखण्डमा बलवा नगरपालिका–७ स्थित सडकमा उत्तरबाट दक्षिणतर्फ सवारी बोकी आउँदै गरेको ज१त ८४११ […]

देश, राजनीति, समाज
९ मंसिर २०७४, शनिबार १४:४३
720 views 0 secs 0

पूर्वी रुकुमका नौं मतदान केन्द्र सम्पर्कविहीन

रुकुम– पूर्वी रुकुमका नौं वटा मतदान केन्द्र सम्पर्कविहीन भएका छन् । उक्त मतदान केन्द्रहरुमा दूरसञ्चार कम्पनीहरुको पहुँच नहुँदा उक्त केन्द्रहरु सम्पर्कविहीन भएका हुन् । रन्मामैकोट, अर्जल, हुकाम, पेल्मा, सिस्ने, जाङ, खारावाङ, कोल र राङ्सी मतदान केन्द्र सम्पर्कविहीन भएको पूर्वी रुकुमका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले जानकारी दिए । उनका अनुसार यहाँ सञ्चार सम्पर्क नहुँदा प्रहरीको […]

देश, राजनीति, समाज
९ मंसिर २०७४, शनिबार १४:४०
728 views 0 secs 0

बुथ कब्जा मुख्य चुनौती

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मतपरिणाम आफ्नो पक्षमा ल्याउन राजनीतिक दलले गर्ने बुथ कब्जा मुख्य सुरक्षा चुनौतीका रुपमा देखिएको छ । स्थानीय प्रशासन र सुरक्षा संगठनले निर्वाचन नहुने अन्य जिल्लाका समर्थक निर्वाचन हुने जिल्लामा पुगेर सुरक्षा चुनौती थप जटिल बनाउने विश्लेषणसमेत गरेका छन् । सुरक्षा चुनौती चिर्न […]

देश, राजनीति, समाज
९ मंसिर २०७४, शनिबार १४:३१
702 views 0 secs 0

‘हामीलाई स्थायी सरकार चाहियो’

काठमाडौँ : शनिबार बिहान झुल्के घाँमसँगै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, वाम गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नम्बर–९ का संघका प्रत्यक्ष तर्फका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ, प्रदेश ‘क’कै प्रत्यक्ष उम्मेदवार डा. अजयक्रान्ति शाक्यलगायत चुनावी घरदैलो कार्यक्रममा व्यस्त थिए । काठमाडौँ महानगरपालिकाकै वडा नम्बर–२१ का विभिन्न स्थानमा घरदैलो गर्ने क्रममा उहाँहरु सुनधारा नजिकैबाट भोटे बहाल ओरालो झर्दै थिए […]

देश, राजनीति, समाज
९ मंसिर २०७४, शनिबार १४:२६
700 views 0 secs 0

प्रदेश १ को सुरक्षा व्यवस्था कमजोर

  धरान : सरकारले भरपर्दो सुरक्षा व्यवस्था मिलाउन नसकेको कारण प्रदेश १ को सुरक्षा व्यवस्था कमजोर भएको छ। दैनिक उमेद्वारका चुनावी सभा र घरमा बम विष्पोटका घटनामा बृद्धि भएका कारण सरकारले मजबुत सुरक्षा रणनीति बनाउन नसकेको आरोप लागेको छ। दैनिक बम विष्फोटनका घटनाले उमेद्वारको सुरक्षामा समेत असुरक्षित बनाएको छ भने सर्बसाधारणमा समेत त्रास फैलाएको छ। […]

देश, शिक्षा, समाज
९ मंसिर २०७४, शनिबार १३:४२
646 views 0 secs 0

माघबाट नागरिकताका साटोमा परिचयपत्र राष्ट्रिय परिचयपत्र

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गर्न लागिएको राष्ट्रिय परिचयपत्र वितरणको कार्यले अब मूर्त रुप लिने भएको छ । सरकारी सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने अपेक्षासहित सरकारले डेढ दशकअघि नै राष्ट्रिय परिचयपत्रको अवधारणा अघिसारे पनि आर्थिक वर्ष २०६६/६७ को नीति तथा कार्यक्रममार्फत मात्रै त्यसले […]

देश, राजनीति, समाज
९ मंसिर २०७४, शनिबार १३:२७
652 views 3 secs 0

महतोले उठाएनन् प्रधानमन्त्रीको फोन, तालमेलका लागि ‘रअ’ प्रमुखको दवाब

काठमाडौं—राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो धनुषा ३ बाट उम्मेदवार हुने विषयमा दृढ देखिएका छन्। नेपाली काँग्रेससँग तालमेलका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले उनलाई बुधबार पटक पटक फोन गरे पनि त्यसलाई अस्वीकार गर्दै उनने धनुषा ३ नछोड्ने अडान राखेका छन्। बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले महतोलाई […]

देश, समाज
९ मंसिर २०७४, शनिबार १३:२३
577 views 0 secs 0

सुदूरपश्चिम महोत्सव मंसीर २९ मा सर्यो

धनगढी, ८ मंसीर । हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म हुँदै आएको ‘सुदूरपश्चिम महोत्सव’ यसवर्ष मंसिर २९ गतेबाट शुरु हुने भएको छ । महोत्सवको आयोजक कैलाली उद्योग वाणिज्य संघले आज गरेको पत्रकार सम्मेलनमा मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने भएकाले महोत्सव एक हप्तापछि सारिएको जनाएको छ । संघका अध्यक्ष शंकर बोगटीले […]