देश, राजनीति, शिक्षा, समाज
११ मंसिर २०७४, सोमबार १४:२८
674 views 0 secs 0

दलाई लामाले दिए अभिव्यक्तिप्रति स्पष्टिकरण – बुद्ध लुम्बिनीमै जन्मेका हुन्

तिब्बती धार्मिक नेता दलाई लामाले गौतम बुद्धको जन्मस्थानबारे गत महिना दिएको अभिव्यक्तिप्रति आइतबार स्पष्टिकरण दिएका छन् । निर्वासनका क्रममा भारतको धर्मशालामा रहेका लामाले ‘टिबेट डट नेट’ वेबसाइटमार्फत बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रस्ट पारेका हुन् । एक महिनाअघि भारतको मेरठमा भएको कार्यक्रममा बुद्ध नेपाल, भारत, तिब्बत वा चीन कुनै पनि देशको नभएको बताएका थिए । उक्त […]

देश, विश्व
११ मंसिर २०७४, सोमबार १४:२४
782 views 0 secs 0

अन्ततः झुक्यो पाकिस्तान, कानुनमन्त्रीले दिए राजीनामा

एजेन्सी–पाकिस्तानका कानून मन्त्री जाहिद हामिदले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री शाहिद खाकान अब्बासीलाई राजीनामा बुझाएका छन् । प्रधानमन्त्रीले पनि उनको राजीनामा स्वीकृत गरेका छन् । समाचारमा जनाइए अनुसार जाहिद हामिदको राजीनामाको लागि पाकिस्तानका कयौ धार्मिक संगठनका लगभग ३ हजार मानिसले २२ दिन देखि राजीनामाको माग गरेर धर्ना दिइरहेका थिए । तहरीक–ए–लब्बेक र तहरीक –ए–रसुलुल्लाह […]

देश, शिक्षा, समाज
११ मंसिर २०७४, सोमबार १४:२०
643 views 0 secs 0

पोखरामा ५०० सिसी क्यामेरा राखिने

पोखरा – पोखरालेखनाथ महानगरको शान्ति सुरक्षाका लागि विभिन्न स्थानमा सिसी क्यामेरा जडान गर्ने सम्बन्धमा पोखरा उद्योग वाणिज्य संघद्वारा आइतबार आयोजित छलफलमा पोखरालेखनाथलाई स्मार्ट सिटीका रुपमा विकास गर्न सिसी क्यामेरा पहिलो आवश्यकता भएकामा जोड दिइएको छ । स्मार्ट सिटीको निर्माणका लागि सुरक्षा पहिलो चुनौती भएको बताउँदै कार्यक्रमका वक्ताले सिसी क्यामेरा जडानसँगै सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सकिने […]

देश, शिक्षा, समाज
११ मंसिर २०७४, सोमबार १४:१५
642 views 0 secs 0

चितवनमा अज्ञात समूहले पड्काए बम

चितवन- पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ६ मा अज्ञात समूहले सिलिण्डर बम पड्काएको छ । गएराति ८ः १५ बजेको समयमा सूर्यपुरस्थित खेतको कल्भर्टमा अज्ञात समूहले ग्यास सिलिण्डर पड्काएको चितवनका प्रहरी प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिए । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको उनको भनाई छ ।

देश, राजनीति, समाज
११ मंसिर २०७४, सोमबार १४:१२
609 views 0 secs 0

राजनीतिमा गुण्डागर्दी भित्र्याउने गठबन्धनलाई भोट माग्ने अधिकार छैन : सुवाल

भक्तपुर ।  नेपाल मजदुर किसान पार्टीका सचिव एवं भक्तपुर क्षेत्र नं १ का उम्मेदवार प्रेम सुवालले देश र जनताका हितमा काम नगर्ने तीन ठूला दलका नेतालाई भोट माग्ने अधिकार नभएको बताएका छन् । सरकारमा जानका लागि मात्र चुनाव जित्न खोज्ने नेपाली काँग्रेस तथा राप्रपा र एमाले तथा माओवादीलगायतले गठबन्धन गरी जनताको घरदैलोमा आएकाले ती गठबन्धनलाई […]

देश, शिक्षा, समाज
११ मंसिर २०७४, सोमबार १४:०६
645 views 1 sec 0

कर्तव्य ज्यान मुद्दामा १२ वर्षदेखि फरार अभियुक्त जेल चलान

गौशाला-कर्तव्य ज्यान मुद्दामा १२ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई महोत्तरी जिल्ला अदालतले आइतबार साँझ जेल चलान गरेको छ । जेल चलान हुनेमा जिल्लाको भंगहा नगरपालिका– ९ बस्ने ६० वर्षीय रामेश्वर सदा मुसहर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो । विसं २०६२ असार १५ गते महोत्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा सदालाई […]

देश, शिक्षा, समाज
११ मंसिर २०७४, सोमबार १३:५७
649 views 0 secs 0

गोदावरीमा स्काभेटरले ढुंगा निकाल्दा लागेर कामदारको मृत्यु

ललितपुरको गोदावरी नगरपालिका रानागाउँमा स्काभेटरले ढुंगा निकाल्दा लागेर एक कामदारको मृत्यु भएको छ। डोकोमा ढुंगा थाप्दै गरेको बेला स्काभेटरबाट खसेको ढुंगाले टाउकोमा लाग्दा महोत्तरी बर्दिवासका कृष्ण भण्डारीको मृत्यु भएकाृ चापागाउँ प्रहरी वृतका डिएसपी रबिन्द्र रेग्मीले जानकारी दिए। ढुंगा लागेर अन्य २ जना घाइते भएका छन् । सो स्थानमा आश्रम बनाउन स्काभेटरले ढुंगा निकालिरहेको थियो । […]

देश, राजनीति, समाज
११ मंसिर २०७४, सोमबार १३:५१
620 views 0 secs 0

नुवाकोटमा मतपेटिका ल्याउँदै गरेको टोलीलाई लक्षित गरी बम विस्फोट

  मतदान सम्पन्नपछि मतपेटिका लिएर सदरमुकाम विदुर आउँदै गरेको टोलीलाई लक्षित गरी आज साँझ बम विस्फोट भएको छ । विदुर नगरपालिका–७ तुप्चेको चण्डेश्वरी मतदानस्थलको मतपेटिका लिएर आउँदै गर्दा विदुर नपा वडा नंं ७ र ९ को सिमानामा रहेको अधेरीखोलामा बम विस्फोट गराइएको हो । मतपेटिका लिएर दलका प्रतिनिधि तथा सुरक्षाकर्मीहरु सदरमुकाम विदुरतर्फ आइरहेका बेला ठूलो […]

देश, राजनीति, समाज
११ मंसिर २०७४, सोमबार १३:४८
592 views 0 secs 0

मत सर्वेक्षण गरिए कारबाही हुन्छ – प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई आधार मानेर कुनै माध्यम वा संस्थाले मत सर्वेक्षण गर्न नहुने बताएका छन्। सोमबार निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो चरणको मतदान सम्पन्न भएको र दोस्रो चरणको मतदान यही मंसिर २१ गते हुन लागेको सन्दर्भमा निर्वाचनलाई लिएर मत सर्वेक्षण […]

देश, शिक्षा, समाज
११ मंसिर २०७४, सोमबार १३:४३
671 views 0 secs 0

एक मतदाताले भने, ‘भोट हाल्नु भनेको भगवान् मानेजस्तै हो’

शान्ति खितिति हाँस्दै आइन्। उनी हाँसेको देखेर कुरै नबुझि म पनि हाँसिदिएँ। चण्डोल हुँदै बालुवाटार आउने भित्री सडक शान्त थियो। हाम्रो हाँसोले खलबलियो। ‘थाहा छ?’ शान्तिले भनिन्, ‘एकजना बाजे भेटिएका थिए……,’ उनले हाँसो थाम्नै सकिनन्। कुरा पुरा हुनै पाएन। हाँसो केहि बेर थामिएपछि उनले बाँजेसँगको संवाद सुनाईन्। ‘बाजे, तपाईँ यहीँको लोकल हो?’ बाजे: हैन म […]