देश
१ बैशाख २०७६, आईतवार ०९:१५
819 views 0 secs 0

प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्वोधन गर्दै…

प्रधानमन्त्री केपी ओलीले नयाँ वर्ष २०७६ को अवसरमा देशवासीको नाममा सम्वोधन गर्दै आफ्नो सरकारले कामको फेहरिस्त सुनाएका छन्। आइतबार विहान प्रधानमन्त्रीको सरकार निवास बाटुवाटारबाट प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्वोधन गर्दै सरकारले जनताको जीवनमा आमुल पविर्तन ल्याउने गरी काम गरेको बताएका हुन्। सम्वोधनमा क्रममा प्रधानमन्त्रीले जनताको जीवनमा दीर्घकालीन प्रभाव पार्ने कामको सुरुवात गरेको बताए। प्रधानमन्त्री ओलीले […]

देश
२५ चैत्र २०७५, सोमबार १७:२०
851 views 0 secs 0

कुलमानको खुलासा : फेरि लोडसेडिङ सुरू गर्ने षड्यन्त्र हुँदै…

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतमा लोड सेडिङ गराउनेहरुले प्राधिकरणको नेतृत्वलाई कम्जोर बनाउने प्रयास गरिरहेको दावी गरेका छन्। कार्यकारी निर्देशक घिसिङले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूले लोड सेडिङमुक्त गराएको र प्राधिकरणका नाफामा लगेको मन नपराउने तत्वहरुले विगतका प्राधिकरणका नेतृत्वको निर्देशनमा आफूहरुमाथि आपेक्ष लगाउने काम गरिरहेको भन्दै आपत्ति पनि जनाए। उनले प्राधिकरणलाई कम्जोर […]

देश
२५ चैत्र २०७५, सोमबार १२:५५
712 views 0 secs 0

पेट्रोलियम पाइपलाइन ओछ्याउन सात किमी मात्रै बाँकी

नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र निर्माण गर्न त्यस क्षेत्रका नौ किलोमिटरभित्रपर्ने रुख काट्ने तथा पाइप जोडने काम तीव्रगतिमा भइरहेको छ। मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपाल तर्फको ३६ दशमलव २ किलोमिटर भू–भागमध्ये बाँकी रहेको नौ किलोमिटर क्षेत्रमा पर्ने निकुञ्जमा धमाधम काम भइरहेको छ। […]

देश
२४ चैत्र २०७५, आईतवार ११:५६
738 views 0 secs 0

पेलेरै अगाडि बढ्ने कांग्रेस संस्थापन पक्षकाे तयारी…

चैत २० र २१ गते राजधानीमा कांग्रेसका ५१ जिल्लाका जिल्ला सभापतिको भेलाले महासमितिले दिएको निर्देशन विपरित केन्द्रीय कार्यसमितिले गरेको निर्णय नसच्याए विशेष महाविधेशन बोलाउन हस्ताक्षर अभियान संचालन गर्ने चेतावनी दिएका थिए। सभापति शेरबहादुर देउवा बहुमतको आडमा पेलेरै जाने नीतिमा रहेको भन्दै जिल्ला सभापतिहरुले केन्द्रीय कार्यसमितिले गरेको निर्णय नसच्याएर विशेष महाधिवेशन बोलाउने चेतावनी दिएका थिए। कांग्रेसको […]

देश
२२ चैत्र २०७५, शुक्रबार १३:२६
759 views 0 secs 0

भारतले बनाएको स्तम्भ सशस्त्र प्रहरीले भत्कायो – सक्दो शेयर गरौ

नेपालको पूर्वीनाका काँकडभिट्टास्थित मेची पुलको छेउमै भारतीय ठेकेदारले बनाएको ‘माइल’ स्तम्भ आज बिहान भत्काइएको छ ।प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको निर्देशनमा मेची पुलको प्रवेशद्वारमै बनाइएको एनएच ३२७ वी सिलगुढी ३२ र बागडुग्रा १९ लेखिएको ‘माइल’ स्तम्भ भत्काइएको हो । मेची पुल बनाउँदै आएको ठेकेदारले सो ‘माइल’ स्तम्भ बुधबार बनाएको थाहा पाएपछि काँकडभिट्टाका बासिन्दाले आपत्ति गरेर […]

देश
२२ चैत्र २०७५, शुक्रबार १३:११
913 views 0 secs 0

नेताका गाडीको लावालस्करले ‘सवारी जाम’ …

यो दृष्य बारा जिल्लाको परवानीपुर गाउँपालिका वार्ड नम्बर –४चैनपुर चोक गाउँको हो। गत आइतबार राति आएको भीषण हावाहुरीका कारण यो गाउँमा ठूलो भौतिक क्षति भएको छ। हावाहुरीले ढलाएका सवारी साधनलाई व्यवस्थित गर्न क्रेन मगाएर यहाँ धमाधम काम चल्दै थियोे। यहीबीचमा राजपाका नेताहरुको एउटा टोली घटनाको झण्डै ४८ घण्टापछि प्रभावित क्षेत्रको निरीक्षणकालागि यहाँ आइपुग्छ। क्रेनले गाडीहरु […]

देश
१६ चैत्र २०७५, शनिबार १५:३४
873 views 0 secs 0

नेपालगञ्जमा भेटियो हतियार कारखाना, काम भइरहेकै अवस्थामा नियन्त्रण…

नेपालगञ्ज उपमहानगरपालिका ५ डीएसपी रोडस्थित एउटा घरमा हतियार कारखाना फेला परेको छ । वडा प्रहरी कार्यालय र प्रदेश ५ प्रहरी अनुसन्धान समूहले संयुक्त रुपमा छापा मार्दा हतियार बनाइरहेको अवस्थामा जंगवीर नेपाली पक्राउ परेका छन् । घर खानतलासी गर्दा हतियारमा प्रयोग हुने नाल १० थान, काठको कुन्दा ७ थान, हतियारमा नम्बर ठोक्न प्रयोग हुने साँचो २६ […]

देश
१५ चैत्र २०७५, शुक्रबार १६:१८
667 views 0 secs 0

व्यापारको केन्द्र नेपाललाई बनाउन प्रधानमन्त्री ओलीको आग्रह…

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गरेका छन्। राजधानीमा आजदेखि शुरु भएको नेपाल लगानी सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उहाँले देशको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य भएको बताए। नववर्ष २०७५ को पहिलो दिन रारातालबाट नेपाली जनतालाई सम्बोधन गर्ने क्रममा आफूले कोरेको नेपालको आर्थिक विकासको खाकाबारे अवगत […]

देश
१५ चैत्र २०७५, शुक्रबार ११:०४
736 views 0 secs 0

सरकारले ३ वर्षमा गरीबी एकतिहाइले कम गर्ने लक्ष्य…

सरकारले तीन वर्षसम्म गरीबीको रेखामुनि रहेको जनसङ्ख्यालाई करीब एकतिहाइले कम गर्ने लक्ष्य लिएको छ। देशभर हाल करीब २१ प्रतिशत जनसङ्ख्या गरीबीको रेखामुनि रहेको छ। सरकारले सन् २०२२ सम्म यसलाई १३ प्रतिशतमा झार्ने लक्ष्य लिएको हो। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले गरीबी न्यूनीकरणका लागि तयार पारेको गरीबी निवारण नीतिको मस्यौदामा सन् २०३० सम्म उक्त […]

देश
१४ चैत्र २०७५, बिहीबार १९:०९
745 views 0 secs 0

सरकारले सेना परिचालनको विषयमा अनावश्यक बहस नगर्न आग्रह

सरकारले सेना परिचालनको विषयमा अनावश्यक बहस नगर्न आग्रह गरेको छ। मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न विहिबार सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाली सेनाको बारेमा अनावश्यक भ्रम फैलाउने काम नगर्न आग्रह गरेका छन्। सरकारको योजनालाई सफल पार्ने कर्तव्य र जिम्मेवारी बोधका साथ स्थापना भएको निकाय भएकाले ती निकाय र सरकारबीच […]