817 views 0 secs 0 comments

नेपालगञ्जमा भेटियो हतियार कारखाना, काम भइरहेकै अवस्थामा नियन्त्रण…

In देश
१६ चैत्र २०७५, शनिबार १५:३४

नेपालगञ्ज उपमहानगरपालिका ५ डीएसपी रोडस्थित एउटा घरमा हतियार कारखाना फेला परेको छ । वडा प्रहरी कार्यालय र प्रदेश ५ प्रहरी अनुसन्धान समूहले संयुक्त रुपमा छापा मार्दा हतियार बनाइरहेको अवस्थामा जंगवीर नेपाली पक्राउ परेका छन् ।
घर खानतलासी गर्दा हतियारमा प्रयोग हुने नाल १० थान, काठको कुन्दा ७ थान, हतियारमा नम्बर ठोक्न प्रयोग हुने साँचो २६ थान, एयर गन पेस्तोल १ थान, लामो स्प्रिङ ३ थान, बाकस बरामद भएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख निरीक्षक नारायण डाँगीले जनाकारी दिए ।