मध्यपुर थिमी नगरपालिका–९ नीलबाराही टिगनीमा सूर्यबहादुर श्रेष्ठले सञ्चालन गरेको नीलबाराही रिसोर्टबाट प्रहरीले आज जुवातास खेलाइरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको छ । हरेक दिन रिसोर्टमा जुवातास खेलाउने गरेको प्राप्त सूचनाका आधारमा छापा मार्दा तास खेलिरहेको स्थानबाट रु सात लाख तीन हजार १९० तथा सात हजार ६६० भारतीय रुपैयाँ गरी कूल रु सात लाख १५ हजार […]
वीरगञ्ज महानगरपालिकाको कार्यालयका एकजना कर्मचारी घुससहित पक्राउ परेका छन् । कार्यालयको लेखा फाँटमा कम्प्युटर अपरेटरको रुपमा कार्यरत राकेशकुमार जयसवाललाई अख्तियारले १५ हजार घुससहित नियन्त्रणमा लिएको हो ।राकेशलाई अख्तियारको टोलीले कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका प्रमुख शिव काफ्लेले भने वीरगञ्जमा अपरेशन चलाएको तर थप विवरण आइनसकेको बताए ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सेनिटरी प्याड वितरणका लागि ल्याइएको बजेट अन्यत्र प्रयोग नगर्न आग्रह गरेका छन् । सामुदायिक विद्यालयहरुका छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड वितरण कार्यक्रमको शुभारम्भ गर्दै शिक्षामन्त्री पोखरेलले यो वा त्यो बाहनामा बजेट अन्यत्र प्रयोग हुन नदिन स्थानीय तहहरुलाई आग्रह गरे । सेनिटरी प्याडको अभावमा छात्राहरुको पढाइमा कुनै समस्या हुन नदिन आवश्यक […]
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)ले नेपाल बैंक लिमिटेड डिल्लीवजार शाखा कार्यलयका पूर्व प्रवन्धक भूपराज कोइरालालाई बैंकिङ कशुरमा पक्राउ गरेको छ । सोलुखुम्बु साविक सल्यान गाविस वडा नम्बर ८ नेचाका स्थायी वासिन्दा कोइरालालाई व्यूरोको टोलीले पुस ११ गते पक्राउ गरेको हो । पक्राउपछि उनलाई उच्च अदालत पाटनबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले […]
सप्तरी, बोदेबर्साईन नगरपालिका २ बैरीयास्थित सडकमा स १ त ६९९३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ आइतबार साँझ दुर्घटना हुँदा चालक खड्क नगरपालिका ११ बनौली बस्ने ३० वर्षीय किसुन मण्डलको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१० निवासी ५० वर्षीय कृष्ण चौलागाइँ भनिने नरेश चौलागाइँ, विराटनगर महानगरपालिका–८ निवासी ३० वर्षीय क्षितिज पौडेल र मोरङ पथरी निवासी ५६ वर्षीय चिरञ्जीवी धिताल छन् । चौलागाइँ समूहका मोरङ प्रमुख रहेको बताइएको छ ।प्रहरीले पक्राउ गरेका व्यक्तिबाट पर्चा र पम्प्लेट, […]
रंगेली-विराटनगर सडक खण्डअन्तरर्गत धनपालथान गाउँपालिका ३ काे कर्सिया बजारमा ट्र्याक्टरकाे ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । आइतबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को ३८ प १७७ नम्बरको स्कुटरलाई पूर्वतर्फ जाँदै गरेको को १ त ७८४३ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा सुनसरीकाे दुहबी नगरपालिका २ का १८ वर्षीय रुपेश चौधरी गम्भीर घाइते हुनुभएकाे थियाे । गम्भीर घाइते भएका चाैधरीकाे उपचारका […]
सोमबार कुवेती दिनारको भाउ बढेको छ भने ओमानी र कतारी रियालको भाउ घटेको छ । अरु मुद्रा आइतबारकै मूल्यमा किनबेच गर्न सकिन्छ । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४८ पैसा तोकेको छ । हिजो पनि खरिददर ११३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४८ […]
सरकारले भोली सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले भोली पौष १५ गते मंगलबार सार्वजनिक विदा दिएको हो । गण्डकी प्रदेशले भोली विशेष पर्वका अवसरमा सार्वजनिक बिदा दिने भएको हो । आन्तरिक मन्त्रालयले सूचना निकालेर बिदा दिने निर्णय गरेको बताइएको छ । पुस १५ गुरुङ जातिको चाड तमु ल्होसार परेकाले सबै सरकारी तथा सार्वजनिक कार्यालय, […]
अमेरिकाको टेक्सास राज्यमा रहेको एक चर्चमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ। ह्वाइट सेटलमेन्टको चर्च अफ क्रिस्टमा आइतबार बिहान प्रार्थना भइरहेका बेला एक बन्धुकधारीले गोली चलाएका थिए। दुई जनालाई उनले चलाएको गोली लागेपछि चर्चका अधिकारीहरूले उनैलाई गोली हानेका थिए।गोली लागेका तीन जनालाई उपचारका लागि अस्पताल लगिएको थियो। तीमध्ये आक्रमणकारी र उनले गोली हानेका एक […]