लागूऔषध मुद्दामा दुई वर्ष कैद र रु एक लाख जरिवाना फैसला भई फरार भएका दोषीलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–७ गोल्मढी बस्ने दोषी सविन तचामोलाई जिल्ला अदालत भक्तपुरले बिहीबार डिल्लीबजार कारागार चलान गरेको अदालतका तहसिलदार भुसालले जानकारी दिनुभयो । लागू औषध नाइट्रोजाम मुद्दामा २०७६ भदौ ५ गते जिल्ला अदालत भक्तपुरले दोषी ठहर गर्दै […]
पर्साको वीरगञ्ज महानगरपालिका–१२ मुर्लीचोकमा बिहीबार राति जिप पल्टिँदा जिपमा सवार एक जनाको मृत्यु भएको छ भने चालकसहित ३ जना घाइते भएका छन् । गण्डकबाट वीरगंजतर्फ जाँदै गरेको बा१५च ७७७१ नम्बरको जिप राति सवा ११ बजे सडक डिभाइडरमा ठोक्किएर पल्टिएको थियो । जिपमा सवार बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीका १६ वर्षीय आकास पटेल गम्भीर घाइते भएका थिए । […]
रुपन्देहीको देवदह नगरपालिका–१० मा बिहीबार राति मोटरसाइकल र भ्यान आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । राति सवा ९ बजे लु३८प ४५५४ नम्बरको मोटरसाइकल र लु१ज ३०९० नम्बरको भ्यान आपसमा ठोक्किएका थिए । दुर्घटनामा रुपन्देहीको केरवानी–२ का ३६ वर्षीय प्रकाश भट्टराईको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा […]
रुपन्देहीमा बोराले च्यापिएर चार जनाको मृत्यु भएको छ । बोराको थुप्रोले च्यापिएर भारत बिहारका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २८ वर्षीया सद्धव खातुन, ६ वर्षीय छोरा सुल्तान रजा र २ वर्षीया छोरी सहिना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाकारी दिए । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ गल्लामन्डीमा आफैले सङ्कलन गरेर राखेको बोरा खसेर च्यापेर […]
गाँजा तस्करीमा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेको छ। मकवानपुर प्रहरीले कारको टायरमा गोली प्रहार गरी तीनजना गाँजा तस्करलाई पक्राउ गरेको हो । बुधबार बिहान १ बजे हेटौंडा–११, थानाभर्याङमा प्रहरीले गाँजा तस्करी गरिरहेको भारतीय नम्बर प्लेटको बीआर ०६ जी ४४५७ नम्बरको कारको टायरमा गोली प्रहार गरेर तीनजनालाई नियन्त्रणमा लिएको हो । प्रहरी देखेपछि भाग्दै […]
आफ्नै सात वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले कानकाई नगरपालिका–१ निवासी एक व्यक्तिलाई पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी छोरीलाई बलात्कार गर्ने ३० वर्षीय बुबालाई पक्राउ गर्दै मङ्गलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बालिकाकी आमा केही वर्षअघि अर्कैसँग गएपछि बालिका हजुरबुबा र हजुरआमाको संरक्षणमा बस्दै […]
महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मङ्गलबार बसमा पाकेट मारेर भाग्दै गरेका तीन पाकेटमारलाई रु ११ हजारसहित पक्राऊ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सागुरीगढी गाउँपालिका–७ घर भई हाल ललितपुर ठैब बस्ने २० वर्षीय नवीन राई, सिन्धुली घ्याङलेक गाउँपालिका–६ घर भई हाल ललितपुर गोदावरी बस्ने २६ वर्षीय राजिव गोले र मकवानपुर इपाचोक गाउँपालिका–८ घर भई हाल […]
गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित छिरिङ शेर्पाको जस्ताको टहरामा तास खेलिरहेका तिब्बत घर भई हाल बौद्ध बस्ने ३७ वर्षीयनवाङ कुन्साङ समेत १० जनालाई नगद २ लाख ८१ हजार रुपैयाँ र ६ बुक तास सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका(३बिशालनगरस्थित तपोबन होटलमा जुवातास […]