मौसम पूर्वानुमान महाशाखाले आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । बिहीबार पहाडी भूभागमा केही स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालको पश्चिमी तथा मध्य क्षेत्रमा पश्चिमी वायुको प्रभाव देखिएको छ । भने देशभर आंशिक देखि सामान्य बदलीको अवस्था छ । […]
धादिङ, मकवानपुर र सिरहाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ मलेखु बजारस्थित सडकमा ना.५ त ९१६० नम्बरको ट्याक्टरले कुल्चिँदा ट्याक्टरमा सवार गजुरी गाउँपालिका-२ बस्ने २१ वर्षीय हरि सुनारको मंगलबार दिउँसो मृत्यु भएको छ । मलेखुबाट त्रिशुली नदीतर्फ जाँदै गरेको उक्त ट्याक्टरबाट खस्न गई सोही […]
दाङको बिजौरी उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिएका प्रेमनाथ योगीको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । योगी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित वामपन्थी प्यानलबाट बिजौरी उद्योग वाणिज्य संघमा अध्यक्षका उम्मेदवार हुन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ हाडिमेस्थित योगी कै घर अगाडि पार्किङ गरेर राखिएको बा१९च १७६४ नम्बरको स्कारपिओ गाडीमा अज्ञात समूहले राति आगजनी गरेको जिल्ला […]
ललितपुरको लेले सामुदायिक वनमा नग्न अवस्थामा भेटिएको शव हत्यापछि फालिएको पुष्टि भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ पनि गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको लेकफर्साका गिरबहादुर परियार छन् । अपराधलगत्तै भागेर सुर्खेत पुगेको अवस्थामा उनलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी राईले बताए । उनले भने, ‘सुर्खेतमा पक्राउ परेका छन् […]
नेपाल प्रहरीको इन्सपेक्टर बनेर असईमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका घर भएका २२ वर्षीय विजय वाग्ले रहेका छन् । असईमा जागिर लगाइदिन्छु भन्दै दुई जनासँग डेढ लाख रुपैयाँ ठगी गरेको आरोपमा वाग्ले पक्राउ परेका हुन् । कामको सिलसिलामा एक महिनाअघि […]
सल्यानको चोनखालमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते मेजर ईश्वर सिलवालको मृत्यु भएको छ । वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको नेपाली सेनाले जनाएको हो । सिलवाल सेनाको सबुज गणमा कार्यरत् थिए । सल्यानको कपुरकोटबाट बुटवल आउँदै गरेको सेनाको लु१ग १२३ नम्बरको गाडी २९ माघमा दुर्घटना हुँदा जवान २९ वर्षीय यादवराज ढरेलको घटनास्थलमै मृत्यु […]
पश्चिमी न्यून चापीय वायुको प्रभावले देशको अधिकांश स्थानमा सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान विभागले जनाएको छ । मंगलबार पश्चिमी क्षेत्रबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए । सुदूरपश्चिम क्षेत्र तथा अन्य पहाडी भूभागमा आंशिकदेखि […]
जबरजस्ती करणीको अभियोगमा एक युवालाई प्रहरीले पकाउ गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं. १८ का १९ वर्षीय रामकिशन थारुलाई जवरजस्ती करणीको अभियोगमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । सोमबार राति स्थानीय एक महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा थारुलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो । मदिरा सेवन गरेर रातिको समयमा महिला […]
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा रुपन्देहीमा एक जनाको मृत्यु भएको छ। लुम्बिनी हुकाली सडक खण्डमा पर्ने रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ४ वनकसीयामा मंगलबार दिउँसो भैरहवाबाट लुम्बिनी जाँदै गरेको लु १ ख ३३ १४ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको लु २ प १८७९ नम्बरको मोटरसाइललाई ठक्कर दिँदा मोटर साइकल चालकको मृत्यु भएको हो । जिल्ला […]
गोरखाको नेपाने माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवकुमार साहविरुद्ध १५ लाख ९५ हजार ४ सय रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा छुट्टाछुट्टै तीन वटा मुद्दा दायर गरिएको छ । फरक फरक समयमा विभिन्न शीर्षकमा प्रधानाध्यापक साहले उक्त रकम भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा तीन वटा मुद्दा दायर गरेको हो । तत्कालिन जिल्ला […]