
जबरजस्ती करणीको अभियोगमा एक युवालाई प्रहरीले पकाउ गरेको छ ।
बुटवल उपमहानगरपालिका वडा नं. १८ का १९ वर्षीय रामकिशन थारुलाई जवरजस्ती करणीको अभियोगमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
सोमबार राति स्थानीय एक महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा थारुलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो । मदिरा सेवन गरेर रातिको समयमा महिला एक्लै भएको मौका छोपेर थारुले घरभित्र पसी जवरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भट्टराईले बताए ।