२३ माघ, काठमाडौं । दुबईबाट आएको ३४ किलो सुन काण्डमा एसएसपी श्याम खत्री पक्राउ परेका छन् । खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सिआईबीको टोलीले आइतबार प्रहरी प्रधान कार्यालयबाटै पक्राउ गरेको हो । सुनकाण्डमा मुछिएपछि खत्रीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरी प्रधान कार्यालय नक्शालमा सरुवा गरिएको थियो । विमानस्थलमा ३४ किलो सुनकाण्डपछि कर्मचारीहरु छानविनको दायरामा आउने क्रमसँगै […]
काठमाडौं, माघ २३— इंग्लिश प्रिमियर लिग फुटबलमा उपाधिको दाबेदारी चेल्सीले आफ्नो अग्रता कायमै राखेको छ । शनिबार राति भएको खेलमा आर्सनललाई ३÷१ गोल अन्तरले पराजित गर्दै चेल्सीले शिर्ष स्थानको अग्रता ९ अंक बनाएको हो । यो जितसँगै चेल्सीले लिगको उपाधि यात्रा समेत सहज बनाएको छ । लिगमा २४ खेलबाट ५९ अंक जोड्दै लिगको शीर्षस्थानमा रहेको […]
काठमाडौं – नेपाली भान्सामा प्रायः नटुट्ने मूला पाइल्स रोग निको पार्ने उत्तम औषधि हो । मूला नियममित खानाले पाइल्स रोग एक महिनामै निको हुने चिकित्सकहरु बताउँछन् । मुलाको नियमित र सही प्रयोगबाट पाइल्ससम्बन्धी समस्या एक महिनामै समाधान हुन्छ भने पाइल्स लाग्नबाट नै बच्न समेत सकिन्छ । पाइल्स एउटा यस्तो रोग हो, जसमा शरीरका विशेष हिस्सामा […]
काठमाडौं, माघ २३—प्रमुख दलहरू निर्वाचनमा तीन प्रतिशत थ्रेसहोल्डको व्यवस्था गर्न सहमतिनजिक पुगेका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्रसँगै राप्रपा पनि त्यसमा सहमत छ । मधेसी मोर्चा थ्रेसहोल्ड राख्न सहमत भए पनि कति प्रतिशत राख्ने भन्नेमा स्पष्ट भइसकेको छैन । संसद्को राज्य व्यवस्था समितिअन्तर्गतको उपसमितिमा झन्डै डेढ महिनादेखि राजनीतिक दलसम्बन्धी विधेयकमाथि छलफल भइरहेको छ । ‘करिब […]
भीमदत्तनगर, माघ २३— भारतको उत्तराखण्ड र उत्तर प्रदेश राज्यको पश्चिमी क्षेत्रको विधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा ४८ घण्टा नेपाल–भारत पश्चिमी सीमा बन्द हुने भएको छ। दुई देशका स्थानीय प्रशासन र सुरक्षा प्रमुखहरूबीच निर्वाचन अवधिमा सिमानाका बन्द गर्नुका साथै सुरक्षा सतर्कतासमेत बढाउने सहमति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले जानकारी दिए। आगामी फागुन ३ […]
काभ्रे,माघ २३ – माघ ९ गतदेखि काठमाडौँ विश्वविद्यालय केयुको प्रशासनिक कक्ष र विभिन्न विभागमा तालाबन्दी खोल्न ४८ घण्टे अल्टिमेटम दिएका छन् । विद्यार्थी कल्याण परिषद्को निर्वाचन कहिले र कसरी गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा बन्द भएको ताला खोल्न आम विद्यार्थीहरुले विज्ञप्ती निकालेर २४ घण्टे अल्टिमेटम दिएका हुन् । तालाबन्दी भएपछि विद्यार्थीले दबाब दिनका लागि […]
काठमाडौं,माघ २२ – मुलुककै अग्रणी दूरसंचार प्रदायक कम्पनी नेपाल टेलिकमले आजदेखि जीएसएम प्रिपेड मोबाइलका ग्राहकलाई पनि फोर–जी सेवा प्रदान गरेको छ । उक्त सेवा चार दिनका लागि आफ्ना प्रिपेड ग्राहकलाई सित्तैमा दिने भएको छ । आफ्नो १३ औं वार्षिक उत्सवको अवसर पारेर कम्पनीले चारदिनलाई सित्तैमा फोरजी लगायत अन्यसेवा दिने घोषणा गरेको हो । एक दिनमा […]
२२ माघ, काठमाडौं । लण्डनमा आत्महत्या गरेका चर्चित र्यापर यमबुद्ध (अनिल अधिकारी) का परिवारजनले मिडियासँग गुनासो पोखेका छन् । मिडियाले आफूहरुलाई नसोधिकन यमबुद्धको मृत्युबारे विभिन्न समाचार लेखेको र विशेष गरी बुहारी अस्मिता सेढार्इं गायव रहेको भन्नेजस्ता समाचारका लेखेका कारण परिवारमा चोट पुगेको मृतकका परिवारजनको गुनासो छ । यमबुद्धको १३ दिने काजकिरिया अहिले मैतीदेवीस्थित उनको घरमै भइरहेको […]
२२ माघ, काठमाडौं । उत्तरी दोलखालाई केन्द्रबिन्दु बनाएर परकम्प गएको छ । साँझ ५ बजेर ५८ मिनेट जाँदा ४.४ रिक्टरको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । दोलखाको भिमेश्वरदेखि करिब आठ किलोमिटर उत्तरको सुन्द्रावती र लपिलाङको आसपास केन्द्र भएर परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । झन्डै […]
काठमाडौं,माघ २२ – मनाङ मर्स्याङ्दी झापा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ। साविकको विजेता त्रिभुवन आर्मीको चुनौती १-० ले हराउँदै मनाङ फाईनलमा पुगेको हो । मनाङको लागि विमल रानाको निर्णायक गोल गरे । मनाङले पहिलो हाफको ४२ औं मिनेटमा नाटकीय गोल गर्यो। ओलावालेको व्याक क्रसलाई विमल रानाले जाली चुमाए। झापाली दर्शकको राम्रो साथ पाएको आर्मीले पटक […]